Sinopsis
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episodios
-
बसाइ नेपालमा, दैनिकी भारतमा
01/11/2019 Duración: 02minजौवारीका स्थानीयलाई इलाम बजार पुग्नुभन्दा सिमावर्ती भारतका बजारहरु मानेभञ्जाङ, सुकिया, सिमाना जस्ता ठाउँमा जान पायक पर्छ । बिरामी हुँदा भारतिय अस्पताल जानुपर्ने बाध्यताले खर्च पनि धेरै लाग्ने स्थानीयको गुनासो छ । स्थानीय कुमार बस्नेत आर्थिक अवस्था कमजोर भएका नागरिकको बसोबार रहेकाले महङ्गो रकम तिरेर उपचारका लागि जान समस्या हुने बताउनुहुन्छ ।
-
दशैं तिहारको बिदामा थियटर र नाटकको नौलो अनुभव
30/10/2019 Duración: 01minकार्यशालामा काकरभिट्टा क्षेत्रका १३ जना बालबालिका सहभागि थिए । स्थानीय हिलारी पोर्तेल र अंकित निरौला नयाँ नयाँ विषय सिक्न पाउँदा निकै खुशी लागेको बताउनुहुन्छ । बालबालिकाहरुको बिदाको समयको सदुपयोग गरेर उनीहरुलाई नयाँ कुरा सिकाउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो । परिवर्तन थिएटरका अध्यक्ष कविता नेपाल विद्यार्थीहरुको छुट्टीको सदुपयोग गर्दै कार्यक्रम गरिएको बताउनुहुन्छ ।
-
बजारका भाँडाले विस्थापित गर्यो माटाका भाँडा
30/10/2019 Duración: 01minकपिलवस्तुको शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, शुद्धोधन गाउँपालिका लगायतका ठाउँमा बसोबास गर्ने हिन्दु धर्मावलम्बीका कोहार र मुस्लिम धर्मावलम्बीका कसघड जातीका नागरिक ठूला चाडबाडका बीच माटाका सामग्री बनाउन अहिले व्यस्त छन् ।
-
काभ्रेमा फूल खेती गर्ने किसान बढ्दै
30/10/2019 Duración: 02minजिल्लाको बनेपा, धुलीखेल, पनौती, रोशी, पाँचखाल, बेथानचोक र भुम्लुका विभिन्न स्थानाम फूल खेती हुँदै आएको छ । पुष्प खेती प्रबद्र्धनका लागि कृषि ज्ञान केन्द्र काभ्रेले योजना बनाइरहेको कार्यालय प्रमुख जनार्दन खड्काले बताउनुभयो ।
-
साढे सात करोडका सरकारी गाडी प्रयोगविहिन
30/10/2019 Duración: 02minदुवै गाडीको खरिद मुल्य तत्कालिन समयमा ४०/४० लाख उल्लेख गरिएको छ । त्यतिखेर ४० लाखमा किनिएका ती गाडीको मूल्य अहिले डेढ करोड पर्छ । करिब डेढ करोड पर्ने अर्काे कालो रङको गाडीको नम्मर प्लेट नै छैन । जिल्ला समन्वय समितिकै परिसरमा अर्को कुनामा अर्को ल्यान्डरोभर कम्पनीकै गाडी विग्रीएको अवस्थामा छ र उक्त गाडी पनि कति समयदेखि त्यहाँ छ भन्ने कुनै अभिलेख छैन ।
-
नेपालको ओखर अलपत्र, विदेशबाट करोडौंको आयात
29/10/2019 Duración: 03minचार दिनअघि असन पुग्दा ललितपुरका लक्ष्मी महर्जन भाईटीकाका लागि भाईमसलाको सामान किन्दैगर्दा भेटिनुभयो । ओखरको मुल्यमा उहाँले निकैबेर मोलमोलाई गर्नुभयो । ७ सयमामा एक प्याकेट किन्नुभयो ।
-
बजार अनुगमनलाई नियमित बनाउन उपभोक्ताको माग
28/10/2019 Duración: 01minचाडपर्वका बेलामात्रै भन्दा पनि नियमित रुपमा बजार अनुगमन हुनुपर्ने उपभोक्ताको माग छ । चाडपर्वको बेला दैनिक चाहिने उपभोग्य सामानसँगै अन्य सामानको पनि बिक्री बढ्ने भएकाले उपभोक्ता ठगीमा पर्ने सम्भावना बढि नै हुन्छ ।
-
सीप सिक्न पाएपछि खुशी,गुरुङ समुदायका महिला
28/10/2019 Duración: 02minगुरुङ समुदायका महिला तथा किशोरीका लागि पोखरा महानगरपालिका वडा नं ९ को ५० हजार रुपैयाँ सहयोग तथा तमु धिं नेपाल केन्द्रीय आमा समितिको व्यवस्थापनमा तालिमको आयोजना गरिएको हो । तालिममा सहभागी चिसापानीका अस्मी गुरुङ युवाहरुले कुनै न कुनै सीप सिकेर आम्दानीको बाटो खोज्नुपर्ने बताउनुहुन्छ । तमु महिलाहरुलाई उद्दमशीलताको विकासका साथै संस्कृति संरक्षणका लागि तालिम प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
-
स्थानीय जातको सयपत्री फुल्न ढिलाइ
28/10/2019 Duración: 01min१३ रोपनी जमिनमा लगाएको स्थानीय जातको सयपत्री २० प्रतिशत मात्रै फूलेपछि धनकुटा ३ सेउलेका नगेन्द्र घिमिरे निराश हुनुहुन्छ । तिहारमा बेच्नका लागि लगाएको सयपत्री नफूलेपछि उहाँका छिमेकी गजेन्द घिमिरे पनि खुशी हुन सक्नुभएको छैन । उहाँले चार रोपनी जमिनमा सयपत्री र मखमली फूल लगाउनुभएको छ । मखमली ढकमक्क भएपनि सयपत्रीमा भर्खर कोपिला मात्रै लाग्दैछ ।
-
सार्वजनिक ठाउँमा सूर्तिजन्य पदार्थको सेवन नियन्त्रणको जिम्मा अब प्रहरीलाई
26/10/2019 Duración: 02minस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उप सचिव पुस्करराज नेपालका अनुसार यसका लागि ऐन संशोधनको प्रक्रिया अगाडि बढिसकेको छ । गृह मन्त्रालयबाट प्रतिक्रिया पाइसकेको र अर्थ अनि उद्योग मन्त्रालयबाट आइसकेपछि कानुन मन्त्रालय हुँदै मन्त्रीपरिषद्मा पठाउने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका उप सचिव नेपालले भन्नुभयो, ‘जबसम्म नेपाल प्रहरीलाई हामीले सहभागी गराउन सक्दैनौं तबसम्म यो कार्यान्वयन हुन सक्दैन । डर, त्रास नभइ यो कानुन कार्यान्वयन हुने अवस्था देखिएन ।’
-
परिणाम नदिए जनताबाट खतरा छः प्रचण्ड
25/10/2019 Duración: 09minयो ऐतिहासिक महत्वको राजनीतिक पहलकदमी पनि हो । त्यस अर्थमा मलाई गर्व छ । नेपाल गणतन्त्रको एउटा नयाँ युगमा प्रवेश गर्यो। तर जनताले यो गणतन्त्रबाट जे–जस्तो राहत, परिणाम, सुविधा, मुक्ति खोजेका हुन्, त्यो अझैँ प्राप्त भएको अनुभूति जनताको तहमा भएको छैन ।
-
दिगो विकास लक्ष्य पूरा गर्न योजना कार्यान्वयन आवश्यक
22/10/2019 Duración: 02minगुणस्तरीय शिक्षा, स्वच्छ पिउने पानी, स्वास्थ्यको पहुँच, गरिबीको अन्त्य, सामुदायिक स्रोतको संरक्षण, भोकमरी अन्त्यलगायत १७ वटा लक्ष्य दिगो विकास अन्तर्गत पर्दछन् ।
-
कृषिमा युवाको मेहनत,सफलता र रोजगारीको सम्भावना
21/10/2019 Duración: 02minभाइ किशोर स्याङ्तानले पनि स्नातक पढेपछि कृषि जेटिए पढ्नुभयो । भाइ कृषि प्राविधिक, दाजु पशु प्राविधिक अब व्यावसायिक कृषिलाई अघि बढाउन झन सजिलो भयो । व्यावसायीक कृषि गरेको ६ वर्षमा आम्दानीबाट उहाँ सन्तुष्ट हुनुहुन्छ ।
-
गरिबका कार्यक्रम प्रभावकारी नभएको गुनासो
21/10/2019 Duración: 02minतथ्याङ्कअनुसार गरिबीकै कारण नेपालका सातमध्ये एक आधारभूत आवश्यकताबाट वञ्चित छन् भने पाँच वर्षमुनिका १० प्रतिशत बालबालिका उमेर र उचाइभन्दा कम तौलका छन् ।
-
पर्याप्त खानाको अभावमा ४० लाख बालबालिका स्वास्थ्य समस्यामा
17/10/2019 Duración: 02minखाद्यको पहुँचमा नभएकै कारण बालबालिकामा ख्याउटेपन, कुपोषण, पुड्कोपन जस्ता समस्या देखिने गरेको राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा उल्लेख छ । भोकमरी न्यूनीकरणमा नेपालले सुधार गरेको छ, तर सन्तोषजक सुधार भने छैन । सबै नागरिकको पहुँचमा खाद्यान्न पु¥याउन सरकारको आगामी रणनीति के छ ? कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव डाक्टर युवकध्वज जीसी उत्पादन बढाउने र त्यसलाई सामाजिक न्यायको आधारमा वितरण गर्ने लक्ष्यमा रहेको बताउनुहुन्छ ।
-
जुत्ता–चप्पल उत्पादनमा आधाभन्दा बढी कामदार महिला
17/10/2019 Duración: 02minफूटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफम्यान) का अनुसार देशभित्रका उद्योगमार्फत् वर्षमा आठ करोड जोर जुत्ता–चप्पल उत्पादन हुने गरेको छ । जसबाट करिब १९ अर्ब बराबरको कारोबार हुने गरेको छ । कुल बजारको करिब आधा कारोबार ओगटेको नेपाली जुत्ता उत्पादनमा झण्डै ५० प्रतिशत कामदार महिला छन् ।
-
अबको १० वर्षपछि चिनिया रेल नेपाल आउने
15/10/2019 Duración: 02minनेपाल र चीनबीच केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर अर्थात् विस्तृत परियोजना प्रतिवेदन अध्ययन गर्ने सहमतिमा हस्ताक्षर भयो । अबको ९ देखि १० वर्षपछि नेपालमा चीनबाट रेल आउनेछ ।
-
नेपालमा प्राकृतिक प्रकोप : जोखिम धेरै, नियन्त्रणको प्रयास कमजोर
14/10/2019 Duración: 03minसरकारले अहिले देशका कुन ठाउँमा कुन प्रकारको जोखिम छ, त्यो जोखिम कुन समयमा आउँछ भन्ने बारे अध्ययन गर्न लागेको छ । त्यो अध्ययन सफल भए जोखिम नियन्त्रणको कामलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने गृह मन्त्रालयको भनाइ छ । विपद् व्यवस्थापनका लागि छुट्टै प्राधिकरण बनाउने तयारी भएको पनि २० वर्षभयो । यस वर्ष भने त्यो पहल सुरु भएको छ ।
-
अबको लक्ष्य : पूर्ण सरसफाइ
02/10/2019 Duración: 03minपूर्ण सरसफाइ अन्तरगत ढल व्यवस्थापन, चर्पीको प्रयोग, सुरक्षित खानेपानीको मात्र प्रयोग, खानेपानीको सुरक्षित भण्डारण, सुरक्षित खानेकुरा, व्यक्तिगत सरसफाइ, महिनावारी स्वच्छता तथा वातावरणीय सरसफाइ लगायतका विषय पर्दछन् ।
-
सी विचारको बहस संयोग र शङ्काको सुविधा
28/09/2019 Duración: 02minचिनियाँ राष्ट्रपति सी जिनफिङ यही असोज महिनाको अन्तिममा नेपाल भ्रमणमा आउने पक्का हुनु र चिनियाँ कम्युनिष्ट विचारधारा बारे बहस हुने समय एकै परेको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच हरेक वर्ष नीतिगत छलफल गर्नेलगायत सहमति भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस विरोधमा उत्रिएको छ ।