Cin News

ट्राफिक चिन्ह मेटिँदा चालकलाई समस्या

Informações:

Sinopsis

डडेलधुरा। सुदूरपश्चिमका सडकमा कोरिएका ट्राफिक सङ्केत नदेखिँदा सवारीसाधन चलाउन समस्या हुने गरेको छ । राजमार्गमा राखिएका कतिपय ट्राफिक चिह्न जीर्ण बन्दै गएका छन् तर मर्मत नगरिएको गुनासो सवारीसाधन चालकहरूको छ । सुदूरपश्चिम प्रदेशमा ६ वटा राजमार्ग छन् । यी मध्येमा पनि पहाडी क्षेत्रमा रहेका राजमार्गमा कोरिएका चिन्ह तथा सङ्केत मधुरो हुँदा वा नदेखिँदा चालकलाई समस्या पर्ने गरेको छ । कतिपय ठाउँमा राखिएका ट्राफिक सङ्केत हराउने त, कतिपयस्थानमा फालिएका कारण समस्या हुने एकजना गाडी चालक, राम अवस्थिको भनाइ छ । बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला तथा डोटीका राजमार्गमा राखिएका ट्राफिक चिह्न वर्सेनि हराउने गरेका छन् । पहाडी राजमार्ग निकै साँघुरा भएका कारण सुरक्षित रुपमा आवतजावत गर्नका लागि ट्राफिक सङ्केत आवश्यक पर्ने अर्का गाडी चालक, सन्तोष भट्टले बताउनुभयो । सडक डिभिजन कार्यालयले ट्राफिक चिह्न मर्मत तथा जीर्णोद्वारका लागि पहल गर्नुपर्ने भए पनि यसका लागि बजेटको व्यवस्था नभएको भन्दै पन्छिने गरिएको छ । तर पनि जीर्ण अवस्थाका ट्राफिक चिह्नलाई तत्कालै मर्मत गरिने प्रतिबद्धता डिभिजन सडक कार्यालय दिपायल कुल्पातेका इन्जीनीएर योगे