Cin News
'डमी' प्रहरीका कारण यात्रु सजग बन्दै
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:03:18
- Mas informaciones
Informações:
Sinopsis
भक्तपुरका मदन अधिकारी दैनिक सूर्यबिनायक, कोटेश्वर हुँदै बानेश्वरमा रहेको आफ्नो कार्यालय आउनुहुन्छ । आउँदाजाँदा बानेश्वर चोकको ट्राफिक जाम र भीडभाड उहाँले दैनिक २ पटक छिचोल्नुपर्छ । सवारीसाधनको अस्तव्यस्तलाई व्यवस्थित बनाउन ट्राफिकलाई समेत मुस्किल परेको देख्ने उहाँले हिजोआज सवारी चालक र यात्रुहरू सर्तक भएको पाउनुभएको छ । उहाँ भन्नुहुन्छ ‘हतारमा कति पटक लेन मिचेर अघि वढ्न खोज्दा अगाडि उभिएको ट्राफिक हो भनेर सर्तक भएको छु । तर नजिक गएपछि मात्रै डमी रहेको चाल पाएको छु ।’ बानेश्वर चोकैमा रहेको ट्राफिकको डमी अर्थात ट्राफिक जस्तै देखिने आकृतिका कारण उहाँ आफै पनि सचेत हुनुभएको छ । ट्राफिक प्रहरीले सुरुवाता गरेको यो कार्य आफूलाई ज्यादै मन परेको अधिकारी बताउनुहुन्छ । सवारीसाधनको बाक्लो भीड हुने उपत्यकाका ५० स्थानमा यस्ता डमीहरू राखिएका छन् । यसले यात्रुहरूलाई सचेत बनाएको छ । काभ्रेका सन्तोष बराल पनि ट्राफिक डमीका कारण नियमविपरित हिँड्न खोज्दा धेरै पटक झस्किएको वताउनुहुन्छ । काठ्माडौँको सवै चोकमा राख्न सके यसको प्रभावकारीता अझ वढ्ने उहाको ठम्याइछ । डमी प्रहरी राखेपछि जथाभावी बाटो काट्ने, लेन मिच्ने, गलत तरिकाले ओभरटेक अ