Cin News

सामाजिक सञ्जालबाट आर्थिक सहायता अभियान प्रभावकारी

Informações:

Sinopsis

पाँचथर याङ्वरक-३, की २६ वर्षका जुनु बेघा लिम्बू जन्मजात अपाङ्ग हुनुहुन्छ ।  उहाँका दुईवटै खुट्टा छैनन् । जुनुको कष्टकर दैनिकीबारे थाहा पाएपछि यूकेमा रहेका मनकारी नेपाली सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट सङ्गठित भए । सहयोग अभियानबाट सङ्कलित १५ लाखभन्दा धेरै रकम जुनुलाई  केही दिनअघि  हस्तान्तरण गरियो । पाँच जनाको समूहले त्यतिका रकम सङ्कलन गरी एक लाख रुपैंयाँ जुनुलाई घर खर्च र बाँकी १४ लाख रुपैंयाँ जुनुका दुई छोरीको नाममा नेपाल बैँक लिमिटेड फिदिममा मुद्दती खाता खोली जम्मा गरिदिएको अभियानका एक सदस्य सकुन नेम्बाङ लिम्बूले बताउनुभयो । सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृति बढिरहेको बेला प्रवासमा रहेका केही मनकारी भने सामाजिक सञ्जालकै माध्यमबाट नेपालीको दुखःसुखमा एक जुट हुने गरेका छन् । उनीहरूले मठमन्दिर, भवन, खेलमैदान जस्ता संरचना निर्माणसँगै प्राकृतिक विपत्तिमा परेका र उपचार अभावमा छटपटाईरहेका गरीब दीनदुःखीलाई  सहयोग गर्दै आएका छन् ।