Cin News

स्थानीय सरकारमा गएर पनि टिक्न नसक्ने समस्या (अडियोसहित)

Informações:

Sinopsis

योग्यता अनुसारको कर्मचारी नहुँदा स्थानीय तहको कामकाज प्रभावकारी बन्न नसकेको स्थानीय तहका जनप्रतिनीधिको गुनासो छ । दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृतदेखि वडा सचिवसम्म नहुँदा स्थानीय तहले बनाउने योजना कार्यान्वयन र बजेट खर्च प्रणाली प्रभावकारी बन्न नसकेको जनप्रतिनिधिहरूले बताएका छन् । उपसचिवस्तरको प्रमुख प्रशासकिय अधिकृतको दरबन्दी रहेका कतिपय स्थानीय तहमा सुब्बा तहका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्नुपर्ने बाध्यता रहेको संखुवासभाको पाँचखपन नगरपालिकामा प्रमुख विपिन राईले बताउनुभयो । सैद्धान्तिक ज्ञान नभएका कर्मचारीका कारण गत आर्थिक वर्षमा पाँचखपन नगरपालिकामात्र ७ करोड बेरुजु देखिएको नगर प्रमुख विपिन राईको दावी छ । राईले भन्नुभयो ‘न कर्मचारीले खाएको छ न त जनप्रतिनिधिले खाएको छ । तर पनि यति धेरै बेरुजु देखिएको छ । यो समस्या कागजी प्रक्रिया मिलाउन नजानेका कारणले देखिएको हो । कर्मचारी दक्ष नहुनु र दरबन्दी अनुसारको कर्मचारीको अभावले स्थानीय तहमा यो समस्या देखिएको हो ।’