Cin News
जनक माविले किन गर्यो तरकारी खेती र कखुरा पालन ?
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:03:21
- Mas informaciones
Informações:
Sinopsis
सामान्यतया विद्यालयमा हुने गतिविधि के के हुन् ? ‘विद्यार्थी, शिक्षकबीच पठनपाठन, अतिरिक्त क्रियाकलाप, आदि ।’ धेरैको जवाफ यस्तो हुनसक्छ । तर काभ्रेको एक विद्यालयले तरकारी खेतीदेखि कुखुरा पालन उपचार, पोष्टमार्टमका कामसमेत सिकाउन थालेपछि विद्यार्थी पनि खुसी भएका छन् । २ वर्षअघि नमूना विद्यालयको रूपमा घोषणा भएको काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको जनक माध्यामिक विद्यालयले जग्गा लिजमा लिएर तरकारी खेती गरिरहेको छ । विद्यालयकै अग्रसरतामा ५ सय कुखुरा पालिएका छन् । तरकारी खेती र कुखुरा पालनको व्यवस्थापनका लागि विद्यालयले १५ जना विद्यार्थीको समिति बनाइदिएको छ । जनक उद्यम विकास समितिका सदस्य, विद्यार्थी सन्या खनाल भन्नुहुन्छ, ‘तरकारी खेतीको आधुनिक प्रविधिका बारेमा जानकारी लिनका लागि हामीलाई सजिलो भएको छ । तरकारी खेतीको बारेमा जानेको सीप, क्षमता बारे हामीले समुदायस्तरमा पनि जानकारी दिँदै आएका छौँ । यसबाट निकै राम्रो भएको हामीले अनुभव गरेका छौँ ।’ विद्यार्थीमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनका लागि विद्यालयले १ वर्ष अघिदेखि तरकारी खेती अनि कुखुरापालन गर्दै आएको छ । कुखुरालाई खोप लगाउने र मरेका कुुखुराको पोष्टमार्