Cin News

पार्टीको महाधिवेशनपछि माओवादी र प्रचण्डको हैसियत कस्तो रहला ?

Informações:

Sinopsis

२०६३ सालमा सशस्त्र युद्ध त्यागेर मूलधारको राजनीतिमा प्रवेश गरेपछिको पहिलो संविधानसभा चुनावमा माओवादीले केही सफलता हासिल गर्‍यो । त्यसपछि भने पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको राजनीतित यात्रा सङ्घर्षपूर्ण निरन्तर छ । युद्धकालीन सहयात्रीहरूसँगको निरन्तरको बिछोड मात्रै होइन, पछि जोडिएका सहकर्मी दल र नेतासँगको सम्बन्ध बीचैमा टुटेपछि पार्टी बलियो बनाउने शर्तमा नीति नै बदल्ने निष्कर्षमा प्रचण्ड पुग्नुभएको छ । माओवादी मामिलाका जानकार लेखक तथा पत्रकार नेत्र पन्थीको विचारमा प्रचण्ड अब जनयुद्धकालीन मुद्दा परिमार्जन गर्ने सोँचमा हुनुहुन्छ । ‘जनयुद्धकै जग र मुद्दा आज प्रचण्डका लागि कुनै पनि आवश्यकता रहेन । जनयुद्धको विरासत दायाँबायाँ हुन नदिएर पार्टी चलाउने, सकेसम्म केन्द्रीय राजनीतिमा प्रभाव बढाउने प्रचण्डको रणनीति देखिन्छ।’ पन्थीले थप्नुभयो ।