Cin News

धनकुटाको याखा गाउँ सुख्खा पहिरोको जोखिममा

Informações:

Sinopsis

धनकुटाको साँगुरीगढी गाउँपालिका ५ तुँखाको याखा गाउँमा सुख्खा पहिरो खसिरहँदा गाउँ नै चिराचिरा परेको छ । सुख्खा पहिरोले जमिन चर्किएपछि गाउँलेहरू निन्द्रामा नै झसङ्ग भएर उठ्ने गरेको बताउँछन् । उनीहरूले सुरक्षित बासस्थान मिलाई दिन सरकारसग आग्रह पनि गरेका छन् । मोरङ्ग र धनकुटाको सीमानामा रहेको भेडेटार राजारानी-चुरे खण्डको डाँडाबजारबाट २ किलोमिटर दक्षिण पूर्वमा रहेको धनकुटाको याखा गाउँको जमिन गएको असोज ६ गतेको वर्षापछि सामान्य चर्किएको थियो । त्यसअघि २०७४ सालबाट हिउँदको समयमा अचानक ठाउँठाउँमा सेतो लेदोसहितको पानी निस्कने गरेको स्थानीयबासीको भनाइ छ । असोजमा परेको मुसलधारे पानीले जमिन चर्कँदा स्थानीयबासीले त्यसलाई सामान्य रूपमा लिए । तर केही दिनयता भने अचानक ठूलो आवाजसहित जताततै जमिन चिरा पर्न थालेपछि तुँखा गाउँबासी त्रासमा छन् । यो गाउँमा अहिले १ फुटदेखि १ मिटर गहिरा सयौँ जमिन फाटेका धर्सा देखिन थालेका छन् । घरका आँगन चिराचिरा परेर फाट्न थालेका छन् ।