Cin News

बगरखेतीका कारण फेरिएको बाँकेको एउटा गाउँ

Informações:

Sinopsis

बाँकेको कुडुवामा बगर खेतीले गाउँको मुहारै फेरिएको छ । बर्सेनि राप्ती नदिले घर खेत बगाउने समस्या रहेको कुडुवामा २ वर्षअघि तटबन्ध निर्माण गरिएको थियो । बर्सेनि आउने बाढीका कारण अधिकांश स्थानीयबासीका घरखेत बगर बनेका छन् । धान, गहुँलगायत अन्न फल्ने जमिन बगर बनेपछि दुःखी बनेका स्थानीय बगरखेतीका कारण भने जीवनशैली नै परिवर्तन हुन थालेको बताउँछन् । २०७१ सालमा राप्ती नदी पसेपछि बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर १ कुडुवाका दिनेश मौर्यको धान गहुँ फल्ने २५ बिगाहभन्दा बढी जग्गा बगर बन्यो । अहिले पनि खेतको बीचबाट नदी बगिरहेको छ । भारतको सीमामा बगिरहेको नदी हरेक वर्ष वरवर सरिरहेको छ ।