Cin News
केएमसीका प्रिन्सिपल र शिक्षा मन्त्रीबीच यसरी भयो चर्काचर्की
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:02:22
- Mas informaciones
Informações:
Sinopsis
काठमाडौँ । सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको प्रवेशद्धारमा कालो अक्षरमा माग लेखिएका ब्यानर टाँगिएका छन् । भुइमा सेतो कोट लगाएका विद्यार्थी ५ दिनदेखि धर्नामा छन् । काठमाडौँ पेप्सीकोलाका प्रविण न्यौपाने त्यहीँ भेटिनुभयो । आफ्नो बुवाको पनि डाक्टर बन्ने सपना रहेको तर पूरा नभएको भन्दै उहाँले आफूले बुवाको सपना पूरा गर्न चिकित्सा शिक्षा पढ्न चाहेको सुनाउनुभयो । कलेजले साढे ५ वर्ष छात्रावास अनिवार्य गरेर एउटा कोठामा एक्लै बस्नेलाई २४ हजार शुल्क र त्यसमा पनि वार्षिक ५ प्रतिशत वृद्धि हुने व्यवस्थापनले भनेको छ । यसमा ९० जना विद्यार्थीको असन्तुष्टि छ । विराटनगरको नोबेल मेडिकल कलेजमा पनि विद्यार्थीहरू आन्दोलनमा छन् । एक हप्तादेखि विद्यार्थी धर्नामा छन् ।