Cin News
चलचित्रमा रेखा थापाः सशक्तिकरणको पर्याय
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:05:00
- Mas informaciones
Informações:
Sinopsis
२२ वर्षअघि छविराज ओझाले निर्माण गरेको चलचित्र ‘हिरो’, रेखा थापाका लागि नेपाली चलचित्र यात्राको सुरुवाती विन्दु थियो । त्यसता बनेका सबैजसो रेखाले अभिनय गरेका चलचित्र हेर्दा प्रेमिका वा कम्जोरभन्दा पनि विद्रोही पात्रको रूपमा धेरै देख्न सकिन्छ । नेपाली चलचित्रमा कलाकार करिस्मा मानन्धरपछि सबैभन्दा धेरै सक्रिय मानिने रेखा थापालाई अभिनयको जग बसाउन निर्देशक नरेश पौडेल, निर्माता छबिराज ओझाको भूमिका महत्वपूणर् मानिन्छ । निर्माता, निर्देशकले पनि समाज रुपान्तरणको सन्देश पुर्याउने भूमिकामा उहाँलाई केन्द्रीत गर्दै गए । ‘वरमाला’, ‘सहारा’, ‘मेरो एउटा साथी छ’ लगायत २ सयभन्दा धेरै चलचित्रमा अभिनय गर्दा मुख्य भूमिमा रेखा थाा धेरै देखिनुभयो । आफैँले निर्देशन गरेको चलचित्रमा घनायक’ को रूपमा पनि रेखा स्थापित भएको पाइन्छ । ‘काली’, ‘हिम्मतवाली’, ‘रामप्यारी’, ‘मालिका’ नायिका रेखा थापाले आफ्नै संलग्नतामा निर्माण गरेका चलचित्र हुन् । समाजमा सकारात्मक सन्देश दिने खालका चलचित्रको असर दर्शकमा लामो समयसम्म रहने उहाँको अनुभव छ । ‘दिदीबहिनी, दाजुभाइ वा बुवाआमाहरूसँग बेलाबखत अन्तरक्रिया, भेटघाट हुँदा उहाँहरूले मेरो छोरी वा बालबालिका पनि तपा