Cin News

बाराको टाँगियाबस्तीः सरकारकै कारण विकासको बन्धक

Informações:

Sinopsis

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको १४ किलो भन्ने स्थानबाट झण्डै चार किलोमिटर दक्षिणतर्फ कच्ची बाटोको यात्रा गरेपछि ‘टाँगियाबस्ती’ पुगिन्छ । चारकोसे झाडीको मध्ये भागमा रहेको टाँगियाबस्ती पुग्दा लाग्छ, बस्तीमा सरकार पुगेको छैन । पछिल्लो गणनाको तथ्याङ्क नभए पनि बस्तीमा झण्डै दुई हजार घरधुरी रहेको अनुमान स्थानीयबासीको छ ।तर यहाँका नागरिक हालसम्म पनि राज्यबाट पाउनुपर्ने न्यूनतम सेवासुविधाबाट वञ्चित भएका छन् । जङ्गलबीचको बस्तीमा ३० वर्षभन्दा धेरै समय विताएका उनीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडक, सिँचाइ लगायतका सुविधा पाउन सकेका छैनन् । आजको युगमा अपरिहार्य बनेको सञ्चारसमेत उनीहरूको पहुँच छैन । फोन गर्न उनीहरूलाई रुख या घरको धुरी चढ्नुपर्ने बाध्यता छ ।