Cin News
दाङको सूर्यमुखी फूल खेती भाइरल, किसानलाई नसोचेको फाइदा
- Autor: Vários
- Narrador: Vários
- Editor: Podcast
- Duración: 0:02:29
- Mas informaciones
Informações:
Sinopsis
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ स्यानी गाउँका ५४ वर्षका यमबहादुर चौधरी र उहाँका श्रीमती शोभा चौधरीले गरेको सूर्यमुखी फूलको खेती गाउँ चिनाउने आधार बनेको छ । यो दम्पतीले ७ कठ्ठा जमिनमा गरेको सूर्यमुखी फूल खेती हेर्न आउनेहरू अहिले बढिरहेका छन् । दाङका एन्जिला पुरीले चौधरी दम्पतीको सूर्यमुखीको खेतीको चर्चा सुनेका कारण आफू स्यानी गाउँमा आएको बताउनुभयो । ‘शान्त वातावरणमा फ्रेस हुन पनि पाइने अनि केही प्रेरणा पनि मिल्ने भएर यहाँ आएको हुँ ।’ उहाँले भन्नुभयो, ‘दुईचार फोटो खिचेर र टिकटक बनाएर फर्किँदै छु ।’ घोराही १० नारायनपुरबाट दक्षिणतर्फ लागेपछि पुगिने वडा नम्बर ८ को स्यानी गाउँ सूर्यमुखी फूलका कारण टाढैबाट चिनिन्छ ।