Cin News

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 496:45:24
  • Mas informaciones

Informações:

Sinopsis

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Episodios

  • Episode-68 Sodhi khoji 2079-03-11

    25/06/2022 Duración: 27min

    Episode-68 Sodhi khoji 2079-03-11

  • साझा खबर २०७९ असार १० गते साँझ ७:३० बजे

    24/06/2022 Duración: 30min

    साझा खबर २०७९ असार १० गते साँझ ७:३० बजे

  • साझा खबर २०७९ असार १० गते विहान ६ बजे

    24/06/2022 Duración: 31min

    साझा खबर २०७९ असार १० गते विहान ६ बजे

  • Episode-09. Hello Samsad_2079-03-09 {Madhesh Pradesh_Janakpur}

    24/06/2022 Duración: 29min

    Episode-09. Hello Samsad_2079-03-09 {Madhesh Pradesh_Janakpur} 

  • साझा खबर २०७९ असार ९ गते साँझ ७:३० बजे

    23/06/2022 Duración: 30min

    साझा खबर २०७९ असार ९ गते साँझ ७:३० बजे

  • नेपालगञ्ज 'सदभाव' को सहर,चोक नामाकरण विवादले बेथोलिने डर

    23/06/2022 Duración: 03min

    २०६२/६३ सालको जनआन्दोलनका बेला बाँकेको नेपालगञ्जस्थित धम्वोझी चोकमा रहेको तत्कालीन राजा वीरेन्द्रको शालिक आक्रोशित समूहले तोडफोड गर्‍यो । १० वर्षपछि २०७३ सालको दोस्रो साता राजतन्त्रमा आस्था राख्नेहरूले वीरेन्द्रकै शालिक पुनर्स्थापना गरे । तर प्रशासनले मध्यरातमा हटायो । ६ वर्षपछि गत जेठ १९ मा वीरेन्द्रको शालिक राख्न राजतन्त्रवादीहरूले गरेको अर्को प्रयास प्रशासनले नै विफल पारिदियो ।

  • साझा खबर २०७९ असार ८ गते साँझ ७:३० बजे

    22/06/2022 Duración: 29min

    साझा खबर २०७९ असार ८ गते साँझ ७:३० बजे

  • Episode_13_Sajha_Pahal_2079-03_08

    22/06/2022 Duración: 27min

    Episode_13_Sajha_Pahal_2079-03_08

  • साझा खबर २०७९ असार ८ गते विहान ६ बजे

    22/06/2022 Duración: 36min

    साझा खबर २०७९ असार ८ गते विहान ६ बजे

  • साझा खबर २०७९ असार ८ गते विहान ६ बजे

    21/06/2022 Duración: 30min

    साझा खबर २०७९ असार ८ गते विहान ६ बजे

  • संवाद शृङ्खला'हेलो साैसद'

    21/06/2022 Duración: 06min

    संवाद शृङ्खला'हेलो साैसद' 

  • हैजा कसरी लाग्छ ? यसबाट कसरी जोगिने ?

    20/06/2022 Duración: 02min

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुगेका केही व्यक्तिमा हैजाको जिवाणु देखिएपछि काठमाडौँमा रोग फैलने त्रास बढेको छ । गर्मी र वर्षातको समयमा हैजाको जोखिम अझ बढी हुन्छ । हैजाको मुख्य कारण हो, जथाभावी फालिने फोहोर र प्रदुषित पानी । काठमाडौँमा देखिएको हैजा यसैको उपज हो । मनसुन सक्रिय बन्दै जाँदा आउने बाढीले पानीका स्रोतहरू प्रदुषित बन्छन् र हैजाको जोखिम पनि बढ्छ । बाढीको प्रभाव तराईमा अझ बढी हुने भएकाले वर्षायाममा स्वच्छ खानेपानीको सङ्कट हुने गर्छ । यस्तो समयमा पानी उमालेर वा अन्य विधिबाट सुद्धिकरण गरेर पिउने बानी गर्नुपर्छ । रौतहटका मुकेस यादव भन्नुहुन्छ, ‘नागरिकमा त्यस्तो बानीको विकास भएको पाईँदैन ।’ बाढीका कारण तराईका अधिकांश बस्ती डुवानमा पर्छन् । 

  • बाराको टाँगियाबस्ती शान्त तर सजक

    14/06/2022 Duración: 03min

    बारा । उमेरले ६६ लाग्दै गरेका दीलकुमारी दर्लामीको जीवनको झण्डै ४० वर्ष त बाराको टाँगियाबस्तीमा बित्यो । सानैमा आमाबुबा गुमाउनुभयो । केही वर्षपछि पहिरोले घर बगायो । गाउँलेको साथ लागेर २०३२ सालमा काभ्रेबाट तराई झर्नुभएका दीलकुमारीको सङ्घर्ष उमेरसँगै बढीरहे । सरकारको आदेश मानेर टाँगियामा बस्न थालेको चालिस वर्ष भयो । तर दशकौँ बिताएको थलोलाई पनि आफ्नो भन्ने अधिकार छैन । अब एउटै चिन्ता छ,बस्ती स्थानान्तरणको । ‘सरकारले उठाएर लग्यो भने कता लैजान्छ कुन्नी ?’ दीलकुमारीलाई यही एउटा चिन्ताले सताइरहन्छ । उहाँ भन्नुहुन्छ, ‘यही माटोमा खेलियो, हुर्कियो, दुःख गरियो । अब ठाउँ छोडेर कतै जान मन छैन ।’

  • सुदूरपश्चिम प्रदेश सभाले बनाएका कानुनको समीक्षा गर्ने

    12/06/2022 Duración: 02min

    सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले सभामार्फत बनाइएका कानुनको समीक्षा गर्ने प्रतिबद्धता जनाउनुभयो । 

  • सुदूरपश्चिम प्रदेश सभाले बनाएका कानुनको समीक्षा गर्ने

    12/06/2022 Duración: 03min

    प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाले सभामार्फत बनेका कानुनको समीक्षा गर्ने प्रतिबद्धता जनाउनु भएको हो । 

  • मौलिकता झल्काउने सुमनको 'भान्छा घर'

    11/06/2022 Duración: 05min

    देशकै राजधानी काठमाडौँ । जहाँ सातै प्रदेश र ७७ वटै जिल्लाका मानिसहरू बस्छन् । काठमाडौंँ भाषा, संस्कृति र विभिन्न जातजातिको फूलबारी हो । आफू जन्मिएको भूगोल छोडेर सहरको सकसमा बाँचिरहेकाहरू थकान र पीडामा गाउँलाई सम्झन्छन् । मनभरि गाउँ सम्झिएर सहरको ब्यस्ततामा अल्झिरहेकाहरूलाई खेतबारीमा डुल्ने र गाउँकै खान्कीमा रमाउने वातावरण धेरैको खोजीमा पर्छ । सुमन दाहालको ‘मौलिक भान्सा घर’ यस्तै भोक र रहर मेटाउन तल्लिन छ । चक्रपथ ( सुकेधारा) बाट ३ किलोमिटर उत्तर लागेपछि कपन गुम्बाको फेदीमा पुगिन्छ । जहाँ ७ रोपनी भीरालो जग्गा छ । सुमनको सपना र मिहेनतले सिँचिएर मलिलो बनेको । जहाँ दूधालु गाई पालिएको छ, काँक्रो, फर्सी, लौका, करेलादेखि कर्कलोसम्म लहराइरहेका छन् । त्यहीँ पालिएको छ कुखुरादेखि टर्कीसम्म । आँप, नासपाती, लिची र अङ्गुर लटरम्म फलेको देख्न पाइन्छ ।

  • सुदूरपश्चिमका युवालाई भारत जान हतार

    30/04/2022 Duración: 02min

    देशभरि नै चुनावको तामझाम सुरू भएको छ । उम्मेदवार तथा राजनीतिक दलहरू युवाहरूलाई केन्द्रीत गर्दै रोजगारीको आश्वासन दिइरहेका छन् । अघिल्लो निर्वाचनमा पनि दलहरूले यसैगरी आश्वासन दिएका थिए । चुनावको मुखैमा रोजगारीको खोजीमा विदेश जाने युवाहरू घटेका छैनन् । बझाङको बित्थडचिर गाउँपालिकाका सन्तोस बोहराको मतदाता नामावलीमा नाम छ । तर उहाँ रोजगारीको खोजीमा भारत हिँड्नुभयो । उहाँलाई स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गाराएकाहरूले भारत नजान भन्दै थिए । तर उहाँका लागि उम्मेद्वारको आश्वासनभन्दा काम ठूलो भएको छ । बैतडी पाटन नगरपालिका १० का ३२ वर्षका धर्मराज भट्ट भारतमा रोजगारी गर्दै आउनुभएको छ । पटकपटक भोट हाल्नुभएका उहाँले यसअघि पनि युवाहरूलाइ रोजगारी दिने नारा धेरै सुन्नुभयो । तर व्यवहारमा कार्यान्वयनमा आएन । स्थानीय तहका जनप्रतिनिधिले ५ वर्षसम्म युवा लक्षित काम गर्न नसकेको र वेरोजगारीको अवस्था कम नभएको भन्दै युवाहरू चिन्तित भएका    छन् । देशको विकासभन्दा पनि आफ्नो विकासमा जनप्रतिनिधि केन्द्रीत देखिएकाले मतदान नगरी रोजगारीका लागि भारत जान बाध्य भएको डडेल्धुराका अर्जुन ओझाको गुनासो छ । स्थानीय तह निर्वाचनको मिति नजि

  • विपद् व्यवस्थापन दलहरूको प्राथमिकतामा

    30/04/2022 Duración: 03min

    स्थानीय तहको चुनावको मिति नजिकिएसँगै प्रमुख ठूला दलहरूले घोषणापत्र सार्वजनिक गर्ने क्रम लगभक सकिएको छ । उनीहरूले आफ्नो घोषणा पत्रमा विपद् व्यवस्थापनका लागि विभिन्न योजना पनि सार्वजनिक गरेका छन् । विपद्को पूर्व तयारी, विपत न्यूनिकरण र विपद्को समयमा राहत तथा उद्धार अनि विपद्पछि पुनर्निर्माणका ४ विषयगत क्षेत्रमा विपद् व्यवस्थापनका लागि २२ बुँदे रणनिति नेपाली काँग्रेसले घोषणा पत्रका उल्लेख गरेको प्रवक्ता डाक्टर प्रकाश शरण महतले बताउनुभयो । ‘जलवायु अनुकूलन र विपद् व्यवस्थापन ः विकास र वातावरणबीच सन्तुलन’ भन्ने नारासहित नेकपा एमालेले पनि विपद् व्यवस्थापन र यसका असर न्यूनिकरणकका विषय आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ । जलवायुपरिवर्तनका प्रतिकूल प्रभावबाट समुदायलाई सुरक्षा र पर्यावरणको संरक्षण गर्न विकास र वातावरणबीच सन्तुलन कायम गर्ने, हरित विकासलाई प्रबद्र्धन गर्ने कुरामा एमालेले जोड दिएको प्रमुख सचेतक विशाल भट्राईले सीआइएनसँग बताउनुभयो । ‘जोखिम व्यवस्थापनसहितको विकास, विपद्मा सहयोगी समाज’ नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको बुँदा हो । डुबान, बाढी, पहिरो जस्ता विपद्हरूबाट जनधनको क्षति कम ग

  • सुदूरपश्चिमका युवालाई चुनावभन्दा भारत जान हतार

    30/04/2022 Duración: 02min

    गत आइतवार र सोमवार मनोनयन दर्ता गराएका राजनितिक दलका उम्मेदवारहरू दिनभरिजसो नै प्रचारप्रसारमा खटिएका छन् । सयौँ मोटरसाइकल र दर्जनौँ गाडीसहित पार्टीका झण्डा हल्लाउँदै पालैपालो बजार घुम्ने प्रवृत्ति आचारसंहिता विपरित मात्रै छैन, यसले लाखौँको फजुल खर्च भइरहेको छ । जुन विषय नागरिकले बुझे पनि राजनितिक दलले बिर्सिएका छन् । निर्वाचन आचारसंहिता २०७८ अनुसार चुनावी प्रचारप्रसारका लागि उम्मेद्वारले बढीमा २ वटा मोटरसाइकल वा २ वटा गाडी मात्रै प्रयोग गर्न पाउँछन् । सवारीसाधन नचल्ने स्थानमा बढीमा ४ ओटा घोडा प्रयोग गर्न पाइन्छ, त्यो पनि निर्वाचन अधिकृतको अनुमति लिएर । तर प्रचारप्रसारका नाममा सयौँ मोटरसाइकल र दर्जनौँ गाडीको लस्कर लगाएर उम्मेद्वारहरू घरदैलो कार्यक्रम गरिरहेका छन् । जसबाट आचारसंहिता उल्लङ्घन त भएको छ नै दैनिक हजारौँ लिटर पेट्रोल, डिजेल चुनावी कार्यक्रममा खर्च भइरहेको छ । सरकार देशलाई आर्थिक सङ्कटबाट जोगाउन र अन्तराष्ट्रिय बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्यबाट नेपालमा पर्ने असर कम गर्न दैनिक जसो छलफलमा छ ।

  • भूकम्पले ढलाएका सम्पदा पुनर्निर्मा सुस्त, आलोचना धेरै

    23/04/2022 Duración: 03min

    बनेपाका ६३ वर्षिय श्रीधरराज पाण्डे भूकम्पले तहसनहस बनाएका हनुमान ढोका दरवार क्षेत्रका संरचना नियालिरहेको अवस्थामा भेटिनुभयो । भत्केको इतिहास छिटै उठेको हेर्ने रहरले पाण्डे बर्सेनि काठमाडौँ आइरहनुहुन्छ । २०७२ साल वैशाख १२ गते आएको भूकम्पले ढलेका घर, भवन लगायत संरचना बनिसकेका छन् । तर पुरातात्विक सम्पदा पुनर्निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ । कतै विवादले त कतै सामग्री अभावले काम प्रभावित बनिरहेको छ । सम्पदा निर्माणमा भइरहेको कामप्रति उहाँ खुसी हुनुहुन्न । ‘विदेशीलाई हाम्रो देशका यी सम्पदाले तानेर ल्याउने हो ।’ सीआईएनसँग पाण्डेले प्रश्न गर्नुभयो, ‘यही संरचना बन्न यत्रो वर्ष लागेपछि पर्यटक के हेर्न आउने ? आएकालाई के देखाउने ?’

página 47 de 68