Sinopsis
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episodios
-
-
चुनावमा सहभागिता बढाउन अपाङ्गता भएकाहरूको माग
12/04/2022 Duración: 03minनेकपा माओवादी केन्द्रमा आवद्ध हुनुभएका सिन्धुलीका बिरु लामा यसपटक कमलामाई नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्ष पदको उम्मेद्वार बन्ने तयारी गर्दै हुनुहुन्छ । उहाँलाई पार्टीले टिकट दिने कुरामा शङ्का छैन । तर खर्चको विषयमा भने चिन्ता छ । ‘विपक्षी उम्मेद्वारले पाँच लाख रुपैयाँ लिएर चुनावी मैदानमा आउँछ भने मैले पनि त्यही हाराहारीमा खर्च गर्नुपर्छ । योचाहिँ गलत हो ।’ तामाङले भन्नुभयो । अपाङ्गता भएका व्यक्तिलाई शारीरिक हिसाबले प्रचारप्रसारदेखि अरु व्यवस्थापनका काममा तुलनात्मक रूपमा समस्या हुन्छ । पार्टीले टिकट दिने विषयमै अर्को तनाव त्यसमा पनि आर्थिक भार थपिँदा झनै समस्या हुने अपाङ्गता भएका व्यक्तिहरूको भनाइ छ । जोहना प्रसाद थारु बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ बाट वडा सदस्य पदका लागि नेकपा एमालेको तर्फबाट सिफारिसमा पर्नुभएको छ । निर्वाचनमा विजयी भए आफूले गर्ने कामबारे उहाँले योजना पनि बनाइसक्नुभएको छ । अपाङ्गता भएका व्यक्ति स्वयं अघि बढिरहेका छन् भने उनीहरूलाई धेरै सङ्ख्यामा जिताउने गरी राजनीतिक दल अन्तगर्तको भ्रातृ सङ्गठनहरूले पनि दवाव दिइरहेका छन् । नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय अपाङ्गता सङ्गठन नेप
-
विलासी सामग्रीको खरिद बढ्दा अर्थतन्त्रमाथि दवाव
12/04/2022 Duración: 03minदेशमा वार्षिक करिब ८४ हजार मेट्रिक टन स्याउ खपत हुन्छ । नेपालमा उत्पादित स्याउले बजार पाउँदैन, तर चीन, भारत, अमेरिका र इन्डोनेसिया लगायत देशबाट वार्षिक अर्बौँको स्याउ भित्रिन्छ । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै पाँच अर्ब सात करोडको स्याउ आयात भएको छ । धानमा आत्मनिर्भर बन्ने सरकारी लक्ष्य छ, तर चालु अर्थिक वर्षमा मात्रै १५ अर्बको धान र २२ अर्ब ७५ करोडको चामल भित्रिएको छ । नेपालमा फलेका तरकारी र फलफूले बजार नपाउँदा वार्षिक खर्बौँको विदेशमा फलेका तरकारी नेपाल ल्याउने अवस्था रहेको केन्द्रीय फलफूल तरकारी थोक बजार व्यावसायी सङ्घका अध्यक्ष राजन न्यौपाने बताउनुभयो । अत्यावश्यक र आवश्यक मात्रै होइन, विलासी सामग्रीका आयत पनि उत्तिकै बढिररहेको छ । गरगहना, बनिबनाउ खालका लुगाफाटो, तयारी खाना, सजावटका सामग्री, सवारीसाधनका पाटपुर्जादेखि सुनचादीसम्मको आयत बढ्दा नेपाली रकम बाहिरिरहेको छ । पछिल्लो ८ महिनामा सवारी साधन र यससम्बन्धी पाटपूर्जा आयातमा मात्रै झण्डै ७६ अर्व रुपैयाँ बाहिरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशतले बढी हो ।
-
दाङको सूर्यमुखी फूल खेती भाइरल, किसानलाई नसोचेको फाइदा
29/03/2022 Duración: 02minदाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ स्यानी गाउँका ५४ वर्षका यमबहादुर चौधरी र उहाँका श्रीमती शोभा चौधरीले गरेको सूर्यमुखी फूलको खेती गाउँ चिनाउने आधार बनेको छ । यो दम्पतीले ७ कठ्ठा जमिनमा गरेको सूर्यमुखी फूल खेती हेर्न आउनेहरू अहिले बढिरहेका छन् । दाङका एन्जिला पुरीले चौधरी दम्पतीको सूर्यमुखीको खेतीको चर्चा सुनेका कारण आफू स्यानी गाउँमा आएको बताउनुभयो । ‘शान्त वातावरणमा फ्रेस हुन पनि पाइने अनि केही प्रेरणा पनि मिल्ने भएर यहाँ आएको हुँ ।’ उहाँले भन्नुभयो, ‘दुईचार फोटो खिचेर र टिकटक बनाएर फर्किँदै छु ।’ घोराही १० नारायनपुरबाट दक्षिणतर्फ लागेपछि पुगिने वडा नम्बर ८ को स्यानी गाउँ सूर्यमुखी फूलका कारण टाढैबाट चिनिन्छ ।
-
एम्बुलेन्ससँगै गाउँ पुग्छन् उपाध्यक्ष लक्ष्मीका यादहरू
28/03/2022 Duración: 03minकाभ्रे । कोभिड १९ को महामारीका बेला रोशीका गाउँगाउँमा सङ्क्रमित भेटिनेक्रम बढ्दै थियो । कसैको स्वास्थ्य अवस्था गम्भीर,ज्यान जोगाउनुपर्ने त कसैलाई जाँचेर कोरोना भए नभएको पुष्टि गराउनुपर्ने । रोकथामका लागि सरकारले पटकपटक जारी गर्ने निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्थेनन् । कोरोनाको उपचारका लागि मात्रै होइन, गर्भवती, सुत्केरीको उपचार तथा जाँचका लागि मुस्किल भइरहेको थियो । यस्तो अवस्थामा प्रदेश ३०१००२ ज ५१०२ र ५१०३ नम्बरका एम्बुलेन्स रोशी गाउँपालिकामा पुग्दा जतिसुकै गाह्रो भए पनि बाँच्न र बचाउन सकिने आशा जोकोहीलाई हुन्थ्यो । २०७६ सालको फागुनबाट सञ्चालनमा आएका दुवै एम्बुलेन्स खरिदमा भने रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाको मुख्य भूमिका छ ।
-
कलाकारलाई मेलामहोत्सवमा पुग्न भ्यानभ्याइ
27/03/2022 Duración: 02minकोरोना महामारीका कारण रोकिएको मेलामहोत्सव २ वर्षपछि सुरू हुन थालेको छ । यसबाट कलाकारहरूले काम पाउन थालेका छन्, मेला महोत्सब आयोजना गर्नेहरूको आम्दानी बढेको छ भने दर्शक, स्रोताहरूले आफ्ना मनपरेका कलाकारमार्फत गीत सुनेर मनोरञ्जन लिन पाएका छन् । काठमाडौँ । पछिल्लो समयकी व्यस्त गायिका रचना रिमाल हिजोआज स्टुडियोमा मात्रै होइन, मेलामहोत्सवका मञ्चमा पनि देखिन थाल्नु भएको छ । गीत गाउनको लागि दिनदिनै अलगअलग जिल्लाबाट निम्तो आइरहन्छ । कहिलेकाँही त एकै दिन दुई स्थानमा पुगेर गाएको अनुभव पनि उहाँसँग छ । अस्ति १५ औँ सुदूरपश्चिम महोत्सवमा गाउन पुग्नु भएका रिमाल हिजो गण्डकी प्रदेशको दमौलीमा आठौं तनहुँ महोत्सवमा पुग्नुभयो । रिमालको योजना केही दिनमा प्रदेश १ मा आयोजना हुने महोत्सबमा पुग्ने तालिका छ ।
-
साझा खबर २०७८ चैत्र २ गते बिहान ६ बजे
16/03/2022 Duración: 29minसाझा खबर २०७८ चैत्र २ गते बिहान ६ बजे
-
साझा खबर २०७८ चैत्र २ गते साँझ ७ः३० बजे
16/03/2022 Duración: 31minसाझा खबर २०७८ चैत्र २ गते साँझ ७ः३० बजे
-
साझा खबर २०७८ चैत्र १ गते विहान ६ बजे
15/03/2022 Duración: 30minसाझा खबर २०७८ चैत्र १ गते विहान ६ बजे
-
भेडापालनबाट कसरी समृद्ध बन्यो जुम्लाको 'लर्मी गाउँ'?
05/03/2022 Duración: 03minतिला गाउँपालिकाको केन्द्रबाट कर्णाली राजमार्गलाई तल छोडेर १ घण्टा उकालो हिँडेपछि पुगिन्छ, जुम्लाको लर्मी गाउँ । भिरालो जमिन, खैरो माटो । बोटबिरुवा त्यति देखिँदैन । अग्लाअग्ला भीरको बीचमा छ, तिला गाउँपालिका वडानम्बर २ को लर्मी गाउँ । ‘माथि लेकलेकमा पानी भइदिए कति राम्रो हुने थियो । त्यहाँबाट ट्याङ्की बनाएर पनि ल्याउन सजिलो हुन्थ्यो ।’ स्थानीयबासी पानीको जोह गर्न सकिने कल्पना यही गाउँमा बसेर गर्छन् । पाखोबारीमा उत्पादन राम्रो हुँदैन । वर्षभरि काम गर्यो । खान पुग्थ्यो ३ महिना । भूगोलका हिसाबले विकटमा रहेको यो गाउँ उत्पादनका हिसाबले पनि पछि परेको थियो । गहुँ, जौँ, मकै, कोदो, सिमी, फापर लगायतका बाली लगाए पनि अपेक्षा गरेअनुसारको उत्पादन हुँदैन । तर गाउँमा पाँच वर्ष अगाडि दामा रावतले व्यावसायीक रूपमा थालेको भेडा पालन व्यवसाय अहिले गाउँकै आम्दानीको आधार बनेको छ । लर्मी गाउँमा ८० घर परिवारको बसोबास छ । जहाँ करिब पाँच सय नागरिक छन् । गाउँका ५० घरपरिवारले भेडा पालेका छन् । हिउँदको यो समयमा गाउँका मानिसहरू ५ महिना अघि काटेको भेडाको उनबाट राडीपाखी बुन्न व्यस्त छन् । घरघरमा भेडाको उनबाट कपडा बुन्ने चान (तान) बनाइएको छ ।
-
प्रयोगविही हुलाक, कामविहीन कर्मचारी
05/03/2022 Duración: 03minबैतडीको पाटन नगरपालिकाका भवानी दत्त अवस्थीले जीवनको आधा समय चिठी आदनप्रदान गरेरै आफन्तसँगको सूचना लिनेदिने गर्नुभयो । रोजागारीका लागि भारत रहेका आफ्ना आफन्तलाई कैयौँ पटक पत्र लेख्नुभयो भने भारतबाट नेपालमा रहेका परिवारलाई पनि चिठी पठाउनुभयो । ‘एउटा चिठी भारत पुग्न एकडेढ महिना लाग्थ्यो । जवाफ आउन पनि उति नै समय लाग्थ्यो । भवानीदत्तले उतिबेलाको अनुभव सुनाउँदै भन्नुभयो, ‘अब त सबैको हातमा मोबाइल छ । तत्कालै दोहोरो कुराकानी हुन्छ । त्यही भएर पनि हुलाक नगएको धेरै वर्ष भयो ।’ कुनै समयको सूचना आदानप्रदान र सञ्चारको निर्विकल्प माध्यम हुलाक, हिजोआज भने कामविहीन भएको छ । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ का श्रीराज महतको हुलाक अनुभव आज पनि ताजै छ । ‘चिठी लेख्यो, हुलाकमा लग्यो । जवाफको पर्खाइमा महिनौ कुर्नुपर्ने अवस्था थियो ।’ महत भन्नुहुन्छ, ‘अब त हुलाकको आवश्यकता पनि देख्दिन । मोबाईल फोनसहित इमेल, इन्टरनेट लगायत प्रविधिको विकास नहुँदा कुनै समयको अति आवश्यक मानिएको हुलाक सेवा पछिल्लो केही दशकयता उपयोगविहीन जस्तै छ ।’ हिजोआज हुलाकमार्फत चिठी पठाउनेहरू घटेका कारण हुलाकमा खटिने कर्मचारीको काम छैन, तर काम कम नभ
-
बाराको टाँगियाबस्तीः सरकारकै कारण विकासको बन्धक
22/02/2022 Duración: 03minपूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको १४ किलो भन्ने स्थानबाट झण्डै चार किलोमिटर दक्षिणतर्फ कच्ची बाटोको यात्रा गरेपछि ‘टाँगियाबस्ती’ पुगिन्छ । चारकोसे झाडीको मध्ये भागमा रहेको टाँगियाबस्ती पुग्दा लाग्छ, बस्तीमा सरकार पुगेको छैन । पछिल्लो गणनाको तथ्याङ्क नभए पनि बस्तीमा झण्डै दुई हजार घरधुरी रहेको अनुमान स्थानीयबासीको छ ।तर यहाँका नागरिक हालसम्म पनि राज्यबाट पाउनुपर्ने न्यूनतम सेवासुविधाबाट वञ्चित भएका छन् । जङ्गलबीचको बस्तीमा ३० वर्षभन्दा धेरै समय विताएका उनीहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडक, सिँचाइ लगायतका सुविधा पाउन सकेका छैनन् । आजको युगमा अपरिहार्य बनेको सञ्चारसमेत उनीहरूको पहुँच छैन । फोन गर्न उनीहरूलाई रुख या घरको धुरी चढ्नुपर्ने बाध्यता छ ।
-
अनि 'सुन्तलाबास' भयो पाल्पाको अमलबास गाउँ (अडियोसहित)
21/02/2022 Duración: 03minपाल्पा सदरमुकाम तानसेनबाट २७ किलोमिटर पश्चिममा पर्छ, ‘अमलाबास’ गाउँ । यो गाउँमा ४० घरपरिवार बस्छन् । स्थानीय यमलाल कोइरालाले ४० वर्षअघि सुरु गरेको सुन्तला खेती अहिले यो गाउँको मुख्य आम्दानीको स्रोत बनेको छ । हिजो मकै र भटमास लगाइन्थ्यो । अरु कुनै पनि जातको बाली हुँदैनथियो । अहिले यो डाँडा ‘सुन्तलाबास’ बनेको छ । सबैले सुन्तला लगाएका छन् । यस्तो पहेँलपुर भएको बेलामा देखेर यमलाललाई निकै खुसी लाग्छ । सुन्तला खेती, गाउँको आम्दानीको स्रोत मात्रै होइन परिचय पनि हो । ‘अमलाबास’ लाई अहिले ‘सुन्तलाबास’ को नामले पनि चिन्न थालिएको छ । गाउँका सबैको बारीमा सुन्तला बगान छ । करिब १२ सय रोपनी क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ । जहाँबाट प्रत्येक वर्ष ११ हजार क्विन्टल सुन्तला उत्पादन हुन्छ भने सुन्तला विक्री गरेर मात्रै गाउँमा वार्षिक २ करोडभन्दा धेरै रकम भित्रिने गरेको छ । सुन्तला खेती गाउँको समृद्धी र पर्यटन विस्तारको आधार बन्दै गएको छ । युवाहरू मेहनेतका कारण गाउँको मुहार फेरिएकोमा पाका पुस्ताका जति दङ्ग छन् ।
-
साझा खबर २०७८ फागुन ७ गते साँझ ७ः३० बजे
19/02/2022 Duración: 30minसाझा खबर २०७८ फागुन ७ गते साँझ ७ः३० बजे
-
साझा खबर २०७८ फागुन ६ गते साँझ ७ः३० बजे
18/02/2022 Duración: 29minसाझा खबर २०७८ फागुन ६ गते साँझ ७ः३० बजे
-
चलचित्रमा रेखा थापाः सशक्तिकरणको पर्याय
11/02/2022 Duración: 05min२२ वर्षअघि छविराज ओझाले निर्माण गरेको चलचित्र ‘हिरो’, रेखा थापाका लागि नेपाली चलचित्र यात्राको सुरुवाती विन्दु थियो । त्यसता बनेका सबैजसो रेखाले अभिनय गरेका चलचित्र हेर्दा प्रेमिका वा कम्जोरभन्दा पनि विद्रोही पात्रको रूपमा धेरै देख्न सकिन्छ । नेपाली चलचित्रमा कलाकार करिस्मा मानन्धरपछि सबैभन्दा धेरै सक्रिय मानिने रेखा थापालाई अभिनयको जग बसाउन निर्देशक नरेश पौडेल, निर्माता छबिराज ओझाको भूमिका महत्वपूणर् मानिन्छ । निर्माता, निर्देशकले पनि समाज रुपान्तरणको सन्देश पुर्याउने भूमिकामा उहाँलाई केन्द्रीत गर्दै गए । ‘वरमाला’, ‘सहारा’, ‘मेरो एउटा साथी छ’ लगायत २ सयभन्दा धेरै चलचित्रमा अभिनय गर्दा मुख्य भूमिमा रेखा थाा धेरै देखिनुभयो । आफैँले निर्देशन गरेको चलचित्रमा घनायक’ को रूपमा पनि रेखा स्थापित भएको पाइन्छ । ‘काली’, ‘हिम्मतवाली’, ‘रामप्यारी’, ‘मालिका’ नायिका रेखा थापाले आफ्नै संलग्नतामा निर्माण गरेका चलचित्र हुन् । समाजमा सकारात्मक सन्देश दिने खालका चलचित्रको असर दर्शकमा लामो समयसम्म रहने उहाँको अनुभव छ । ‘दिदीबहिनी, दाजुभाइ वा बुवाआमाहरूसँग बेलाबखत अन्तरक्रिया, भेटघाट हुँदा उहाँहरूले मेरो छोरी वा बालबालिका पनि तपा
-
सहिदको सम्मान र सम्झनामा सरकारले वास्ता नगरेको गुनासो
30/01/2022 Duración: 02minआज माघ १६ अर्थात, सहिद दिवस । राणा शासनविरुद्ध र प्रजातन्त्रको पक्षमा आवाज उठाएकै कारण मृत्युदण्ड दिईएका ४ सहिदको सम्झनामा दिवस मनाउने गरिएको छ । देशको व्यवस्था फेरिदै जाँदा सहिदको सूची पनि लम्बिदै गएको छ । प्रजातन्त्र प्राप्तीका लागि सहिद बनेका परिवारका सदस्य भने सहिदको उचित सम्मान र सम्झना नभएको गुनासो गर्छन् । सहिद धर्मभक्त माथेमाका नाती विनयकुमार माथेमाले जथाभावी सहिद घोषणाले वास्तविक सहिदको अपमान भएको बताउनुहुन्छ । प्रजातन्त्रको स्थापना र राणा शासन अन्त्यका लागि आवाज उठाएका धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, र शुक्रराज शास्त्रीलाई वि.सं. १९९७ सालमा राणाशासकले मृत्युदण्ड दिए ।
-
नायक राजेश हमालको यात्रा अब गायनतिर पनि
30/01/2022 Duración: 04min३ वर्षअघि सीआईएनसँगको कुराकानीमा भनिए जस्तो हुन्थ्यो, भने हिजोआज राजेश हमालले निर्देशन गरेको चलचित्रको बारेमा बहस भइरहेको हुन्थ्यो । तर कोरोना महामारीका कारण चलचित्र निर्माण, निर्देशन गर्ने हमालको योजना अघि बढ्न सकेन । ‘मेरो उद्देश्य समाजमा विभिन्न स्वाद भएका मानिस र बहुसङ्ख्यक नागरिकको प्रतिनिधित्व गर्दै चलचित्र बनाउँछु भन्ने सोचेको थिएँ । कोरोनाले अझैँ त्यसमा हात हाल्न सकेको छैन ।’ हमालले भन्नुभयो । तर पनि उहाँको सक्रियता भने यति छ कि बिहान सबेरैदेखि साँझ अबेरसम्म व्यस्त । केही चलिचत्रमा अनुबन्ध भए पनि विभिन्न विषयका गीतको भिडियोमा धेरै काम गर्नुपरेको उहाँ सुनाउनुहुन्छ । बितेको २ वर्षमा २ दर्जनभन्दा बढी गीतमा काम गर्दा हमाललाई लाग्न थाल्यो कि मौका पाए अब गीत पनि गाउनुपर्छ । पेसागत हिसाबले आफू कलाकार नै भए पनि गीत गाउने शोख भएको उल्लेख गर्दै हमालले साथीभाइले उत्साह थपेका कारण गीत गाउन थालेको बताउनुभयो । निर्माता, निर्देशक, सङ्गीतकार तथा गायकहरूसँग शोखका रुपमा मात्र गाउने चाहाना राखे पनि हिजोआज पालैपालो नयाँ गीत गाउनुपर्ने अवस्था आइलागेको छ । केही दिन अघि २ घण्टा लगाएर काठमाडौँको एउटा रेकर्डिङ स्टुडियोमा उहाँ
-
देशभर ३५ हजारभन्दा बढी कर्मचारी अभाव
27/01/2022 Duración: 03minकालिकोटको महावै गाउँपालिकाले बितेको साढे ४ वर्षमा ३ महिनामात्रै प्रमुख प्रशासकीय अधिकृत पायो । त्यसयता प्रमुख प्रशासकीय अधिकृतसहित गाउँपालिकाको सबै पद निमित्तको भरमा चलिरहेको छ । पालिकामा भएको एकजना सहलेखापालले २ वटा पालिकाको लेखा शाखा चलाइरहनु परेको छ । “बडो कष्टसाथ ५ वर्ष बिताइयो । कर्मचारी अभावले धेरै काम गर्न सकिएन ।” पालिका उपाध्यक्ष मनराज शाहीले भन्नुभयो । सुदूरपश्चिम प्रदेशमा २ जना सचिवसहित कुल दरबन्दीको ४० प्रतिशत पद रिक्त छ । एक वर्षअघि स्थापना भएको प्रदेश लोकसेवा आयोगले पदपूर्तिको काम अघि बढाउन सकेको छैन । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नवराज ओझाले ऐन नबन्दा प्रदेशमा थपिएका मन्त्रालयका लागि नयाँ पद सिर्जना गर्नसमेत नपाएको बताउनुभयो । बागमती प्रदेश सरकार र मातहतका निकायमा पनि ४० प्रतिशत र देशभर ३५ हजारभन्दा बढी कर्मचारीको अभाव छ । यसको मुख्य कारण हो, सङ्घीय निजामती सेवा ऐनको अभाव ।
-
उखु उत्पादन ५० प्रतिशतले किन घट्यो ?
25/01/2022 Duración: 03minमहोत्तरी गौशालाका तनुक लाल महतोको पुख्र्यौली पेशा उखु खेती हो । तर, अब विस्तारै उहाँ उखु खेतीको विकल्प खोज्न थाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘यो वर्ष ५० प्रतिशतले उखु उत्पादन घटेको छ । पहिला पहिला १० विगहा जतिमा खेती गर्थे । तर, समयमै पैसा नपाएपछि उखु खेती गर्ने क्षेत्रफल घटाउन थालेको हुँ । त्यसमाथि लगाएको उखुमा यो वर्ष असार/साउनताका नै किरा लाग्यो । झन् उत्पादन घटेर गएको छ ।’ हरेक वर्ष ३ देखि ४ विगाह क्षेत्रफलमा उखु खेती गर्दै आउनुभएका नवलपरासीका गोपाल यादवले पनि यस वर्ष कम मात्रै क्षेत्रफलमा उखु खेती गर्नुभयो । उखु पनि कम उत्पादन भएको छ । ७/८ विगहा क्षेत्रफलमा उखु खेर्ती गर्दै आउनुभएका यादवले यो वर्ष ३ विगहा क्षेत्रफलमा मात्रै उखु खेती गर्नुभएको छ । सरकारले उखु किसानको समस्या सम्बोधन गर्न नसक्ने, लागत अनुसारको समर्थन मूल्य नतोक्ने अनि चीनि मिलले पनि समयमै भुक्तानि नगरिदिँदा उखु खेती गर्न कम गरेको उहाँको भनाइ छ । यादव भन्नुहुन्छ, ‘उखु खेती गर्ने किसानको पीडा बुझेर सरकारले मूल्य तोक्दैन । जसका कारण समस्या छ भने नगदेबाली भनिएको उखु सँधै ऋणमै जाने गरेको छ । त्यसकारण अब उखु खेतीको विकल्प सोच्दैछु । उखुको सट्टा म