Sinopsis
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episodios
-
दलहरूले चुनावको खर्च किन लुकाउन खोजिरहेका छन् ?
25/01/2022 Duración: 03minप्रमुख प्रतिपक्षी दल नेकमा एमालेले १० औँ महाधिवेशनका लागि हरेक क्रियाशील सदस्यले १ रुपैयाँ जम्मा गर्ने अभियान चलायो । यसबाट ८ करोड रकम उठाउने योजना पार्टीको थियो । त्यसबाहेक पार्टी सदस्यतावापतको २ करोड २५ लाख रुपैयाँ पनि उठेको थियो । चितवनमा महाधिवेशन सकिएको डेढ महिना बितिसक्दा पनि हिसाब भने सार्वजनिक गरिएको छैन । एमाले पार्टी कार्यालय सचिव डा. भिष्म अधिकारीले महाधिवेशनमा भएका खर्चको बिल सङ्कलको काम भइरहेको र चाँडै खर्च सार्वजनिक गर्ने बताउनुभयो । उहाँले महाधिवेशनबाट उठेका रकम केमा र कति खर्च भयो, कतिको पैसा तिरियो र कति तिर्न बाँकी छ, त्यो सबै सङ्कलन गरेर मात्रै महाधिवेशनको खर्च सार्वजनिक गरिने जानकारी दिनुभयो । कुनै पनि दलले महाधिवेशनको खर्च र आम्दानीको हिसाब सार्वजनिक गर्ने विषय विधानमा लेखेका छैनन् । त्यसैले पनि उनीहरूलाई समयमै देखाउनुपर्ने नैतिक दवाव छैन । काठमाडौँमा ३ करोडभन्दा बढी रकमबाट महाधिवेशन गर्ने राप्रपाको योजना कति सफल वा अपुग भन्ने हिसाब ४५ दिनभन्दा धेरै समय बित्दा पनि खुलाइएको छैन ।
-
काठमााडौँ एयरपोर्टमा ट्याक्सीदेखि सावधान !
07/01/2022 Duración: 02minकाठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ट्याक्सीबाट ठगिने क्रम नरोकिएको यात्रुहरूले गुनासो गरेका छन् । सरकारले मिटर जडित ट्याक्सीको भाडा दर प्रतिकिलोमिटर ३९ रुपैयाँ तोके पनि अधिकांश ट्याक्सी चालकले मिटरमा जान अटेर गर्दै आएका छन् । ऐन्, कानूनमा भएको व्यवस्था अनुसार सरकारले मापदण्ड बनाएर भाडा निर्धारण गरे पनि ठगिने क्रम नरोकिएको उनीहरूको गुनासो छ । काठमाडाँ उपत्यकासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र ट्याक्सी चालकले भाडाको विषयमा अनावश्यक मोलमोलाइ गर्ने गरेका छन् । जहाजबाट आफन्त भेट्न काठमाडौँ आउनुभएका चितवनका ललिता राईले ट्याक्सी चालकले दोब्बर भाडा असुल्न खोजेको बताउनुभयो । ट्याक्सीमा हुने ठगी रोक्न सरकारले उठेको भाडा प्रिन्ट गर्ने मेसिन ५ वर्षअघिदेखि जोड्न सुरु गरेको थियो । तर यो मेसिन जोड्न सबै ट्याक्सी चालक तयार भइसकेका छैनन् । विमानस्थलमा भेटिनु भएका एक जना ट्याक्सी चालक ठाकुर विश्वकर्माले भाडादर ट्याक्सी चालक अनुसार फरक पर्ने बताउनुभयो ।
-
केएमसीका प्रिन्सिपल र शिक्षा मन्त्रीबीच यसरी भयो चर्काचर्की
07/01/2022 Duración: 02minकाठमाडौँ । सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालको प्रवेशद्धारमा कालो अक्षरमा माग लेखिएका ब्यानर टाँगिएका छन् । भुइमा सेतो कोट लगाएका विद्यार्थी ५ दिनदेखि धर्नामा छन् । काठमाडौँ पेप्सीकोलाका प्रविण न्यौपाने त्यहीँ भेटिनुभयो । आफ्नो बुवाको पनि डाक्टर बन्ने सपना रहेको तर पूरा नभएको भन्दै उहाँले आफूले बुवाको सपना पूरा गर्न चिकित्सा शिक्षा पढ्न चाहेको सुनाउनुभयो । कलेजले साढे ५ वर्ष छात्रावास अनिवार्य गरेर एउटा कोठामा एक्लै बस्नेलाई २४ हजार शुल्क र त्यसमा पनि वार्षिक ५ प्रतिशत वृद्धि हुने व्यवस्थापनले भनेको छ । यसमा ९० जना विद्यार्थीको असन्तुष्टि छ । विराटनगरको नोबेल मेडिकल कलेजमा पनि विद्यार्थीहरू आन्दोलनमा छन् । एक हप्तादेखि विद्यार्थी धर्नामा छन् ।
-
धनकुटाको याखा गाउँ सुख्खा पहिरोको जोखिममा
04/01/2022 Duración: 02minधनकुटाको साँगुरीगढी गाउँपालिका ५ तुँखाको याखा गाउँमा सुख्खा पहिरो खसिरहँदा गाउँ नै चिराचिरा परेको छ । सुख्खा पहिरोले जमिन चर्किएपछि गाउँलेहरू निन्द्रामा नै झसङ्ग भएर उठ्ने गरेको बताउँछन् । उनीहरूले सुरक्षित बासस्थान मिलाई दिन सरकारसग आग्रह पनि गरेका छन् । मोरङ्ग र धनकुटाको सीमानामा रहेको भेडेटार राजारानी-चुरे खण्डको डाँडाबजारबाट २ किलोमिटर दक्षिण पूर्वमा रहेको धनकुटाको याखा गाउँको जमिन गएको असोज ६ गतेको वर्षापछि सामान्य चर्किएको थियो । त्यसअघि २०७४ सालबाट हिउँदको समयमा अचानक ठाउँठाउँमा सेतो लेदोसहितको पानी निस्कने गरेको स्थानीयबासीको भनाइ छ । असोजमा परेको मुसलधारे पानीले जमिन चर्कँदा स्थानीयबासीले त्यसलाई सामान्य रूपमा लिए । तर केही दिनयता भने अचानक ठूलो आवाजसहित जताततै जमिन चिरा पर्न थालेपछि तुँखा गाउँबासी त्रासमा छन् । यो गाउँमा अहिले १ फुटदेखि १ मिटर गहिरा सयौँ जमिन फाटेका धर्सा देखिन थालेका छन् । घरका आँगन चिराचिरा परेर फाट्न थालेका छन् ।
-
इलामको लारुम्बामा के छ ? जसले सबैलाई छुन्छ
04/01/2022 Duración: 02minइलामको माङसेबुङमा रहेको किरात समुदायको धार्मिकस्थल लारुम्बा गाउँ पुग्नेहरू गाउँको अनुशासनबाट प्रभावित भएर फर्कन्छन् । घरैपिच्छे सेता र राता रङ्गका ध्वजा, साथमा सूर्य अङ्कित झण्डा । प्रायः सबै घरमा यस्तै ध्वजा फहराउनु लारुम्वाको पहिचान हो । यी ध्वजालाई उनीहरूले भगवान् शिव, पार्वती र गणेशको प्रतीकको रूपमा लिन्छन् । १५ सय घरपरिवारको बसोबास रहेको यो गाउँमा लगभग ७ हजार जनसङ्ख्या छ । गाउँमा मदिरा, पशु बली, कुनै पनि किसिमको हिंसा निषेधत गरिएको छ । किराँत समुदायको यो धार्मिकस्थलमा जाँड, रक्सी, चुरोट, खैनी, सुर्ति, मासु खान पाइँदैन ।
-
कतै बाघभालुको डर, कतै प्यास नबुझ्ने पीर
03/01/2022 Duración: 03minनमोबुद्ध नगरपालिकाको मेथिनकोटका मीनबहादुर श्रेष्ठका अनुसार स्थानीय सरकार आएपछि गाउँमा धेरैले पानीको समस्या समाधान होला भन्ने सोचेका थिए । तर जनप्रतिनिधिको पाँच वर्षे पहिलो कार्यकाल सकिँनै आँट्यो, पर्याप्त पानी नपाउँदाको पीडा थपिँदै गएको छ । ‘यिनै नेताहरूले पानी ल्याउँछु भनेको चार वर्ष पूरा भइसक्यो तर पानी पाइएको छैन।’ आँखाभरि आँसु ल्याउँदै श्रेष्ठले थप्नुभयो, ‘पानी ल्याउनका लागि भुराभुरी १ घण्टाको बाटो कुद्नुपर्छ । चार दिनसम्म पनि पानी नपाएर बस्नुपरेको छ ।’ नमोबुद्ध नगरपालिकामा मात्रै झन्डै सातवटा बस्तीमा खानेपानीको समस्या छ । समाधानका लागि भइरहेका काम कहाँ पुगे ? जवाफ दिँदै नगरप्रमुख टीपी शर्मा तिमल्सीनाले ‘एक घर एक धारा’ को अवधारणा ६० प्रतिशत पूरा भएको बताउनुभयो ।
-
बगरखेतीका कारण फेरिएको बाँकेको एउटा गाउँ
02/01/2022 Duración: 04minबाँकेको कुडुवामा बगर खेतीले गाउँको मुहारै फेरिएको छ । बर्सेनि राप्ती नदिले घर खेत बगाउने समस्या रहेको कुडुवामा २ वर्षअघि तटबन्ध निर्माण गरिएको थियो । बर्सेनि आउने बाढीका कारण अधिकांश स्थानीयबासीका घरखेत बगर बनेका छन् । धान, गहुँलगायत अन्न फल्ने जमिन बगर बनेपछि दुःखी बनेका स्थानीय बगरखेतीका कारण भने जीवनशैली नै परिवर्तन हुन थालेको बताउँछन् । २०७१ सालमा राप्ती नदी पसेपछि बाँकेको डुडुवा गाँउपालिका वडा नम्बर १ कुडुवाका दिनेश मौर्यको धान गहुँ फल्ने २५ बिगाहभन्दा बढी जग्गा बगर बन्यो । अहिले पनि खेतको बीचबाट नदी बगिरहेको छ । भारतको सीमामा बगिरहेको नदी हरेक वर्ष वरवर सरिरहेको छ ।
-
पार्टीको महाधिवेशनपछि माओवादी र प्रचण्डको हैसियत कस्तो रहला ?
26/12/2021 Duración: 03min२०६३ सालमा सशस्त्र युद्ध त्यागेर मूलधारको राजनीतिमा प्रवेश गरेपछिको पहिलो संविधानसभा चुनावमा माओवादीले केही सफलता हासिल गर्यो । त्यसपछि भने पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको राजनीतित यात्रा सङ्घर्षपूर्ण निरन्तर छ । युद्धकालीन सहयात्रीहरूसँगको निरन्तरको बिछोड मात्रै होइन, पछि जोडिएका सहकर्मी दल र नेतासँगको सम्बन्ध बीचैमा टुटेपछि पार्टी बलियो बनाउने शर्तमा नीति नै बदल्ने निष्कर्षमा प्रचण्ड पुग्नुभएको छ । माओवादी मामिलाका जानकार लेखक तथा पत्रकार नेत्र पन्थीको विचारमा प्रचण्ड अब जनयुद्धकालीन मुद्दा परिमार्जन गर्ने सोँचमा हुनुहुन्छ । ‘जनयुद्धकै जग र मुद्दा आज प्रचण्डका लागि कुनै पनि आवश्यकता रहेन । जनयुद्धको विरासत दायाँबायाँ हुन नदिएर पार्टी चलाउने, सकेसम्म केन्द्रीय राजनीतिमा प्रभाव बढाउने प्रचण्डको रणनीति देखिन्छ।’ पन्थीले थप्नुभयो ।
-
स्वास्थ्यको पहुँचबाट टाढा रहेको तेमालको ठूलो पर्सेल गाउँ
29/11/2021 Duración: 03minयुवा तथा वयस्क अवस्थाका यहाँका नागरिक कोही विदेश गएका छन् भने कोही सहर छिरेका छन् । छोराछोरीलाई सुनाउँदा पीर मान्ने चिन्ताले ठूलो पर्सेलका वृद्धवृद्धाहरू भेटहुँदा मात्रै एकअर्काका समस्या सुन्नेसुनाउने गरेका छन् ।
-
सामाजिक सञ्जालबाट आर्थिक सहायता अभियान प्रभावकारी
23/09/2021 Duración: 03minपाँचथर याङ्वरक-३, की २६ वर्षका जुनु बेघा लिम्बू जन्मजात अपाङ्ग हुनुहुन्छ । उहाँका दुईवटै खुट्टा छैनन् । जुनुको कष्टकर दैनिकीबारे थाहा पाएपछि यूकेमा रहेका मनकारी नेपाली सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट सङ्गठित भए । सहयोग अभियानबाट सङ्कलित १५ लाखभन्दा धेरै रकम जुनुलाई केही दिनअघि हस्तान्तरण गरियो । पाँच जनाको समूहले त्यतिका रकम सङ्कलन गरी एक लाख रुपैंयाँ जुनुलाई घर खर्च र बाँकी १४ लाख रुपैंयाँ जुनुका दुई छोरीको नाममा नेपाल बैँक लिमिटेड फिदिममा मुद्दती खाता खोली जम्मा गरिदिएको अभियानका एक सदस्य सकुन नेम्बाङ लिम्बूले बताउनुभयो । सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृति बढिरहेको बेला प्रवासमा रहेका केही मनकारी भने सामाजिक सञ्जालकै माध्यमबाट नेपालीको दुखःसुखमा एक जुट हुने गरेका छन् । उनीहरूले मठमन्दिर, भवन, खेलमैदान जस्ता संरचना निर्माणसँगै प्राकृतिक विपत्तिमा परेका र उपचार अभावमा छटपटाईरहेका गरीब दीनदुःखीलाई सहयोग गर्दै आएका छन् ।
-
सरकारले पूर्णता नपाउँदा नीतिनिर्माणमा प्रभाव
21/09/2021 Duración: 03minवर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने संविधानको व्यवस्था अनुसार चुनावपछि स्थिर सरकार र प्रशासनको अपेक्षा नागरिकले गरेको भए पनि अहिले सरकार अस्थिर र गठनपुनगर्नठनको खेल चल्दा उनीहरूले प्रभावकारी सेवा पाउन सकेका छैनन् । ३३ दिनअघि लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त हुनुभयो । गठबन्धन दलको भाग पुर्याउन मन्त्रालयको सङ्ख्या ९ बाट १३ पुर्याउनुभयो । तर अहिलेसम्म पनि ४ मन्त्रालय मन्त्रिविहीन छन् । २ महिनाभन्दा धेरै समय भइसक्दा पनि सङ्घीय मन्त्रिपरिषद्मा १८ मन्त्रालय मन्त्रिविहीन छन् । यसबाट सर्वसाधारण मात्रै होइन, मन्त्रालयका कर्मचारीहरूले पनि दैनिक सेवा लिनदिन समस्या भएको बताउन थालेका छन् । मन्त्री नहुँदा नागरिक, सङ्घसंस्थाका व्यक्ति पटकपटक मन्त्रालयमा धाउन बाध्य छन् भने बक्यौता रकम नपाएका उखु किसानले आफ्नो समस्या सुनाउने मन्त्री भेटाएका छैनन् । पार्टीगत र व्यक्तिगत स्वार्थका कारण दलहरू गैरजिम्मेवार भएको नागरिक समाजका अगुवा देवेन्द्र पाण्डेले सीआईएनसँग बताउनुभयो । केपी ओली नेतृत्वको अघिल्लो सरकार हटाउन काँग्रेस, माओवादी केन्द्र, जनमोर्चा, अनि जसपा र एमालेको तत्कालीन असन्तुष्ट पक्षको सहभागिता
-
एक कार्यक्रमबीच आर्थिक सहयोग सङ्कलन अभियान, 'जीवनमा यति धेरै खुसी कहिल्यै भएको थिएन'-दीपिका
20/09/2021 Duración: 02minकाभ्रेको मण्डनदेउपुर नगरपालिका १० का दीपक भण्डारी आफ्नो १८ वर्षीय छोरी दीपिकालाई पिठिउँमा बोकेर विद्यालय ल्याउने र पुर्याउने गर्नुहुन्थ्यो । दीपिकाको दुबै खुट्टाले शरीरको भार थेग्दैन्थ्यो । आफ्नो छोरीको यो अवस्थाले बुबा दीपकलाई निकै चिन्तित बनाएको थियो । ‘कहीँकतैबाट सहयोग मिल्छ कि भन्दै नगरपालिका, रेडक्रस लगाएत विभिन्न संघसस्थामा सहयोग मागेँ ,व्यक्तिहरूले पनि धेरैले सहयोग गर्छु भने तर कसैले पनि सहयोग गरिदिएनन् ।’ दीपिकाको बुवाले भन्नुभयो । गत साउन १५ गते, काभ्रेको रेडियो रोशीले दीपिकालाई ह्लिचियरको अभावमा विद्यालय आउनजान समस्या भएको बारेमा तयार पारेको रिपोर्ट सीआईएनबाट प्रसारण भयो । उक्त रिर्पोटमा दीपिकाले भन्नुभएको थियो ‘एउटा ह्लिचियर मात्र भए खाजा समयमा अरु साथीहरूसँग बाहिर निस्कन सजिलो हुने थियो ।’ रिपोर्ट सुनेर भक्तपुरका गोकर्ण तिमल्सिनाले दीपिकालाई जसरी पनि सहयोग गर्ने अठोट गर्नुभयो ।
-
बाँके निकुञ्जको नरभक्षी बाघ खोज्न हात्ती परिचालन
17/09/2021 Duración: 01minबाँके राष्ट्रिय निकुञ्जको बाघको आक्रमणबाट एक ४५ वर्षका पुरुषको मृत्यु भएपछि उक्त बाघ खोज्न हात्ति परिचालन गरिएको छ । बाँकेको अगैया-कुसुम सडकको गाभरको स्थानीय होटलमा काम गर्ने एक पुरुषलाई बाघले आक्रमण गरेको थियो र केही समयपछि उनको शव फेला परेको थियो । निकुञ्ज स्थापना भएको डेढ वर्षमा बाघको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ११ वर्षदेखि बाघको संरक्षणमा जुटेका स्थानीयवासीले मानिसलाई आक्रमण गर्ने बाघलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । आफूहरूलाई स्थानान्तरण गर्न वा सुरक्षाको सुनिश्चित गर्न माग गर्दै स्थानीयबासी आन्दोलनमा छन् । आन्दोलनमा सहभागी चन्दा लामाले सर्वसाधारणमा त्रास छाएकाले बाघ नियन्त्रण गर्न माग गर्नुभयो । अन्यथा मानव वस्ती नै अन्यत्र सार्न उहाँको अनुरोध छ । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्काले बाघ देखिने क्रम बढिरहेको बताउनुभयो ।
-
स्थानीय सरकारमा गएर पनि टिक्न नसक्ने समस्या (अडियोसहित)
13/09/2021 Duración: 02minयोग्यता अनुसारको कर्मचारी नहुँदा स्थानीय तहको कामकाज प्रभावकारी बन्न नसकेको स्थानीय तहका जनप्रतिनीधिको गुनासो छ । दरबन्दी अनुसार प्रमुख प्रशासकीय अधिकृतदेखि वडा सचिवसम्म नहुँदा स्थानीय तहले बनाउने योजना कार्यान्वयन र बजेट खर्च प्रणाली प्रभावकारी बन्न नसकेको जनप्रतिनिधिहरूले बताएका छन् । उपसचिवस्तरको प्रमुख प्रशासकिय अधिकृतको दरबन्दी रहेका कतिपय स्थानीय तहमा सुब्बा तहका कर्मचारी निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर काम गर्नुपर्ने बाध्यता रहेको संखुवासभाको पाँचखपन नगरपालिकामा प्रमुख विपिन राईले बताउनुभयो । सैद्धान्तिक ज्ञान नभएका कर्मचारीका कारण गत आर्थिक वर्षमा पाँचखपन नगरपालिकामात्र ७ करोड बेरुजु देखिएको नगर प्रमुख विपिन राईको दावी छ । राईले भन्नुभयो ‘न कर्मचारीले खाएको छ न त जनप्रतिनिधिले खाएको छ । तर पनि यति धेरै बेरुजु देखिएको छ । यो समस्या कागजी प्रक्रिया मिलाउन नजानेका कारणले देखिएको हो । कर्मचारी दक्ष नहुनु र दरबन्दी अनुसारको कर्मचारीको अभावले स्थानीय तहमा यो समस्या देखिएको हो ।’
-
परिमार्जन नगरी एमसीसी पारित भए माओवादी केन्द्र सरकारबाट बाहिरिने
11/09/2021 Duración: 02minएमसीसीको विषयले सत्ता गठबन्धनमै खटपट सुरु भएको चर्चा सुनिन्छ । त्यसको संकेत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत गरिसक्नुभएको छ । काँग्रेस एमसिसी संसदबाट पारित गर्ने रणनीतिमा देखिँदा माओवादी अहिलेकै अवस्थामा पारित गर्न नसकिने बताइरहेको छ । अहिलेकै अबस्थामा एमसिसी पारित होला ? कि पूणर् नहुँदै सरकार ढल्ला ? साथी राजन रुचालले माओवादी नेत गिरीराजमणि पोखरेललाई सोध्नुभएको छ ।
-
नेपालमा गलैँचा उत्पादन र निर्यात बढ्यो
04/09/2021 Duración: 02minकोरोना महामारीका कारण नेपालको व्यापार, व्यवसाय, रोजगारीका सबै काम ठप्प भए । आर्थिक तथा व्यावसायिक काम अघि बढ्न नसके पनि गलैँचा उद्योगका श्रमिकले काम र दाम दुवै पाएका छन् । काममा कुनै अवरोध नभएपछि गत वर्ष गलैँचा निर्यात बढेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ । १७ वर्षको उमेरमा गलैँचा कारखानामा प्रवेश गर्नुभएका श्याममाया तामाङ अहिले ५० वर्षको हुनुभयो । उहाँ श्रीमानसँगै एउटै तानमा गलैचा बुन्नुहुन्छ । कोरोनाले सबैको रोजगारी खोसिएको सुन्नुभएका उहाँले आफ्नो रोजगारी भने गुमाउन परेन । तामाङ भन्नुहुन्छ, ‘कोरोनाको बेला पनि हामीले सँगै सधैँ काम गरेका छौँ । गलैँचा बुन्न सिकेदेखि अहिलेसम्म खाली हात बस्नुपरेको छैन ।’ अधिकांश गलैँचा कारखानाले श्रमिकका लागि कारखाना क्षेत्रभित्र आवासको व्यवस्था गर्ने गर्छन् । त्यसैले पनि श्रमिकहरू बाहिर जानुपर्दैन, नियमीत काम चलिरहन्छ ।
-
अबको ५ महिनाभित्र विद्युतीय बस चल्ला ?
03/09/2021 Duración: 03minसाझा यातायात सहकारी संस्थाले अबको ५ महिनाभित्र विद्युतीय बस सञ्चालन गर्ने जनाएको छ । सरकारले विद्युतीय बस खरिद गर्न सेयर लगानीका रूपमा साझा यातायात सहकारी संस्थालाई २०७६ असोज ३० गते तीन अर्ब उपलब्ध गराएको थियो । बीचमा रोकिएको खरिद प्रक्रिया २०७७ माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले खुल्ला गर्ने निणर्य गरेपछि ४० वटा बस खरिद गर्न गत वर्षको चैत्र १३ गते बोलपत्र आह्वान गरेको छ । सोही अनुसार ९ वटा चिनिया कम्पनी विद्यूतिय बस खरिदका लागि इच्छुक देखिएका छन् । साझा यातयात सञ्चालक सदस्य भुषण तुलाधारले खरिद प्रक्रिया पुरा गर्न करिव १ महिना लाग्ने र त्यसपछिको ४ महिनामा कम्तिमा ३ वटा बस ल्याउने जानकारी दिनुभयो । तुलाधारले भन्नुभयो, ‘ती ३ वटा बसको परिक्षण सफल भएमा अर्को ४ महिनामा ४० वटै बस ल्याएर सञ्चालन गर्नेछौँ, बाँकी बस क्रमश खरिद गर्दै जाने साझा यातयातको योजना छ ।' सरकारले विद्युतिय सवारी साधनलाई प्राथमिकतामा राख्ने निणर्य गरिसकेको छ । सोही अनुसार २०७५ पुसमा नै कम्तिमा ३ सय बस खरिद गर्ने प्रक्रिया अघि बढाउने नीतिगत निणर्य गरेको थियो । विद्युतीय बस वातावरणमैत्री र अपाङ्गमैत्री हुने भएकाले पनि यसको प्रयोगमा जोड दिनुपर्ने लल
-
जनक माविले किन गर्यो तरकारी खेती र कखुरा पालन ?
28/08/2021 Duración: 03minसामान्यतया विद्यालयमा हुने गतिविधि के के हुन् ? ‘विद्यार्थी, शिक्षकबीच पठनपाठन, अतिरिक्त क्रियाकलाप, आदि ।’ धेरैको जवाफ यस्तो हुनसक्छ । तर काभ्रेको एक विद्यालयले तरकारी खेतीदेखि कुखुरा पालन उपचार, पोष्टमार्टमका कामसमेत सिकाउन थालेपछि विद्यार्थी पनि खुसी भएका छन् । २ वर्षअघि नमूना विद्यालयको रूपमा घोषणा भएको काभ्रेको नमोबुद्ध नगरपालिकामा रहेको जनक माध्यामिक विद्यालयले जग्गा लिजमा लिएर तरकारी खेती गरिरहेको छ । विद्यालयकै अग्रसरतामा ५ सय कुखुरा पालिएका छन् । तरकारी खेती र कुखुरा पालनको व्यवस्थापनका लागि विद्यालयले १५ जना विद्यार्थीको समिति बनाइदिएको छ । जनक उद्यम विकास समितिका सदस्य, विद्यार्थी सन्या खनाल भन्नुहुन्छ, ‘तरकारी खेतीको आधुनिक प्रविधिका बारेमा जानकारी लिनका लागि हामीलाई सजिलो भएको छ । तरकारी खेतीको बारेमा जानेको सीप, क्षमता बारे हामीले समुदायस्तरमा पनि जानकारी दिँदै आएका छौँ । यसबाट निकै राम्रो भएको हामीले अनुभव गरेका छौँ ।’ विद्यार्थीमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनका लागि विद्यालयले १ वर्ष अघिदेखि तरकारी खेती अनि कुखुरापालन गर्दै आएको छ । कुखुरालाई खोप लगाउने र मरेका कुुखुराको पोष्टमार्
-
सुदूरपश्चिमका झण्डै ३ लाख नागरिक पिउने पानीको अभावमा
28/08/2021 Duración: 03minसुदूरपश्चिम प्रदेश सरकारका अनुसार प्रदेशमा २५ लाख ५२ हजार ५ सय जनसङ्ख्या छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेशका झण्डै ८९ प्रतिशत मानिस आधारभूत पिउने पानीको पहुँचमा छन् भन्ने दाबी गर्छ । सरकारकै दाबीलाई मान्ने हो भने पनि झण्डै २ लाख ८० हजार ७ सय नागरिक आधारभूतस्तरको पिउने पानीको पहुँचमा छैनन् । आधारभुत पिउने पानीको पहुँच पुगेका भनिएका मध्ये पनि झण्डै ५० प्रतिशत नागरिकले स्वच्छ र सफा पिउने पानी पाएका छैनन् । दैनिक रुपमा सुक्दै गएका पानीका मुहानका कारण पिउने पानीको खोजीमा परिवारका सदस्य लागिरहन पर्दा श्रम शक्ति तथा समयसँगै महिलाको स्वास्थ्य र सरसफाइमा पनि प्रतिकुल असर परिरहेको छ । यसले दिगो विकासको लैङ्गिक समानता, स्वस्थ जीवन शैली र सम्मुनत समाज निर्माणको लक्ष्यमा पनि प्रभाव पार्ने देखिन्छ । प्रदेशका नागरिक सबैमा पिउने पानीको सहज पहुँच पुराउन सकिएन भने दिगो विकासको लक्ष्य हासिल गर्ने काम चुनौतिपुर्ण बन्दै जाने विज्ञहरू बताउँछन् ।
-
पर्वतको महाशिलामा व्यावसायिक चिया खेती
23/08/2021 Duración: 02minमहाशिला गाउँपालिकाले चियाको प्रचारात्मक अभियानसमेत चलाएको छ । ‘अहिले हामीले यहाँका सरकारी कार्यालय, विद्यालय र होटलमा यहीँ उत्पादित चिया प्रयोग गर्न अनिवार्य गरेका छौँ ।,’ महाशिलाका अध्यक्ष राजुप्रसाद पौडेलले भन्नुभयो,’ चिया खेतीले हामी उत्साहित छौँ । यसको स्वाद पनि गुणस्तरीय पाइयो । १८ सय मिटरको उचाइमा रहेको महाशिला गाउँपालिकामा चियाका लागि उपयुक्त हावापानी रहेको कृषि प्राविधिक बताउँछन् । तर संरक्षण,प्रवद्र्धन, प्रसोधन तथा वितरणमा प्रदेश र सङ्घ सरकारको सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ । ‘यो सानो लगानी र सानो क्षेत्रमा गरेर फाइदा हुने रहेन्छ ।,’ कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले भनिन्,‘ यसलाई प्रसोधन देखि बजारीकरण सम्मको संरचना विकास गर्न ठूलो खर्च आवश्यक पर्ने भएकाले प्रदेश र सङ्घ सरकारले पनि सघाउनुपर्ने आवश्यक देखिन्छ ।’ चियाखेतीको क्षेत्र विस्तार भएर व्यावसायिक उत्पादन गर्न सके स्थानीयस्तरमा रोजगारी सृजना हुने र मनग्ये आर्थिक उपार्जन हुने स्थानीयको अपेक्षा छ । स्थानीय फुलमाया नेपालीले परम्परागत बालीभन्दा चियामा दोब्बर आम्दानी हुने आशा रहेको सुनाउनुभयो । बाँझो रहेको जमिन गाउँपालिकाले भाडामा ल