Cin News

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 496:45:24
  • Mas informaciones

Informações:

Sinopsis

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Episodios

  • सीआईएनको सूचनापछि कहिल्यै बल्झिएन हरिप्रसादको घाउ

    22/08/2021 Duración: 03min

    ४५ वर्ष भारतमा सरकारी कार्यालयमा चालकको रूपमा बिताउनुभएका उहाँ सेवानिवृतपछि पेनसन लिन थाल्नुभयो र २०७३ सालमा नेपाल फर्कनुभयो । आफूले भारतमै रहँदा बिहे गरेको हरिप्रसादको भनाइ छ । नेपाल आएको ४ वर्षपछि जेष्ठ नागरिक भत्ताका लागि प्रक्रिया सुरु गर्नुभयो । उमेर पुगेको भए पनि भारत सरकारले दिने पेनसन लिने गरेको भनेपछि जनप्रतिनिधि र वडा कार्यालयले यसबारेमा माथिल्लो निकायमा सोध्नुपर्छ भने । तत्कालका लागि भारतीय पेनसन लिँदै आएको भन्दै भत्ता उहाँले पाउनुभएन । यद्यपी पटकपटक यसबारेमा जनप्रतिनिधिसँग सोधपुछ गर्दै आउनुभएको थियो, पाउने नपाउने निश्चित भइसकेको थिएन । २०७८ साउन २२ गतेको बिहान, सामुदायिक सूचना नेटवर्क (सीआईएन) को कार्यक्रम ‘जीवनरक्षा’ काभ्रेको भकुन्डेवेशीमा रहेको रेडियो रोशीमार्फत सुनेर हरिप्रसादले थाहा पाउनुभयो कि ‘सामाजिक सुरक्षाभत्ता पाउनका लागि म योग्य छु ।’

  • झापामा एक हजार हाँसले धान खेत गोड्दै

    20/08/2021 Duración: 02min

    झापामा धान गोड्न हाँस प्रयोग गरिएको छ । निजी क्षेत्रबाट स्थापना भएको राष्ट्रिय खाद्य बैँक लिमिटेडले बर्दिया, झापा लगायतका जिल्लामा धान गोडमेलका लागि हाँस पालनको अवधारणा ल्याएको थियो । सोही अनुसार झापा गौरादहका धनन्जय चुँडालले एक हजार हाँस पालन गर्नुभएको छ । ३ बिगाहभन्दा धेरै क्षेत्रफलमा धान खेती गर्नुभएका उहाँले धान खेती र हाँसपालन एकसाथ गर्नुभएको छ ।

  • प्रत्यक्षदर्शी तीन जनालाई खलङ्गा झिकाइयो, प्रहरीको उच्च सुरक्षा, जनप्रतिनिधि र सर्वसाधारणमा शङ्का

    03/08/2021 Duración: 55s

    दार्चुला । महाकाली नदी पार गर्नेक्रममा स्थानीय जयसिंह धामी खसेर वेपत्ता भएको घटना बारे अध्ययन गर्न गठित कार्यदल टोली आज दार्चुला सदरमुकाम खलङ्गा पुग्दैछ। नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेको बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का २ जवानले तुइन चुँडालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन् । यो घटनाको सत्यतथ्य बुझेर सार्वजनिक गर्नका लागि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानविन समिति बनाएको थियो । समितिका सदस्य हिजो दार्चुलाका लागि हिडे पनि डडेलधुरा बसेर आज त्यसतर्फ जाँदैछन् । समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको गृहमन्त्री बालकृष्ण खाँणले हिजोको राष्ट्रिय सभा बैठकलाईै जानकारी दिनुभयो । समितिका सदस्यसँगको छलफलका लागि तुइन चुँडिएर जयसिंह धामी वेपत्ता हुँदाका तीनजना प्रत्यक्षदर्शीलाई व्यासबाट खलङ्गा ल्याइएको छ । अनुसन्धानमा सहयोगका लागि उनीहरू सदरमुकाम खलङ्गा आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी मनोहर प्रसाद भट्टले बताउनुभयो । ‘उनीहरूलाई प्रहरीले ल्याएको पनि होइन, अनुसन्धानमा सहयोग गर्न आएका हुन् ।’ डीएसपी भट्टले दावी गर्नुभयो

  • बैतडीको सिगास गाउँपालिकामा मदिरा प्रतिबन्ध

    25/07/2021 Duración: 01min

    अपराधसँग जोडिएको मदिरा व्यवस्थापनका लागि सङ्घीयता कार्यान्वयनमा आएपछि बाजुरामा मदिराकार्ड बनाएर जथाभावी मदिरा सेवन हुने परिपाटीलाई व्यवस्थापनको अभ्यास पनि गरियो । पूर्वी नेपालमा स्थानीय मदिराको बजारीकरणको चर्चा भइरहँदा बैतडीमा भने मदिराका कारण अपराध बढेको भन्दै पूणर् प्रतिबन्ध लगाइएको छ । बैतडीको सिगास गाउँपालिकाले मदिरा नियन्त्रणको निणर्य गरेपछि स्थानियहरु खुशी भएका छन् । सिगास गाउँपालिका वडा नम्बर २ का स्थानीय टेकेन्द्र धामी गाउँपालिकाले मदिरा बिक्रीमा प्रतिबन्ध लगाएपछि समाजमा सद्भाव बढ्ने बताउनुहुन्छ । ‘मदिराले बजारमा होहल्ला बढ्ने र भाइबन्धुबीचको सम्बन्ध टुट्ने समस्या थियो । सायद अब रोकिएला भन्ने आशा पलाएको छ ।’ टेकेन्द्रले  थप्नुभयो । मदिरा सेवनबाट विकृति बढेको र अपराधिक गतिविधि नहोस् भनेर पालिकाभित्र बिक्रीमा पूर्ण रोक लगाइएको बताउनुहुन्छ गाउँपालिका उपाध्यक्ष द्रोपति चन्द ।

  • ‘डिप बोरिङ’ का कारण भूमिगत पानी सुक्दै

    20/07/2021 Duración: 03min

    सीमरा नरबस्तीका गोकुलप्रसाद नेपालले आँगनकै डिलमा गाडेको कलधारामा अहिले पानि आउँदैन । पाँच वर्षअघि सोही धाराको पानि प्रयोग गरिरहेको भए पनि अहिले उक्त धारा प्रयोगमै छैन । १७ वर्षअघि २८ फिट गहिराईमै पिउनयोग्य पानि भेटिएको नरबस्ती क्षेत्रमा अहिले एक सय फिट गहिराईसम्म पाइप गाडिए पनि पानि नभेटिएको उहाँ बताउनुहुन्छ । ‘पहिले घरघरै धारा थिए, सबैले आफ्नै धाराको पानी प्रयोग गर्थे ।’, उहाँ भन्नुहुन्छ, ‘तर अहिले गाडेका धारा सुके, नयाँ गाड्नेले पनि ९० फिटसम्म पानि नभेटेपछी आस मार्ने गरेका छन् ।’ गोकुल मात्रै होइन, नरबस्ती क्षेत्रका झण्डै दुई सय घरधुरीले खानेपानीका लागि गाडेका कलधारा सुकिसकेका छन् । 

  • प्रधानमन्त्रीमा देउवाले विश्वासको मत नपाए के हुन्छ ?

    13/07/2021 Duración: 03min

    संसद विघटनको दोस्रो पटकको प्रयास पनि सर्वोच्च अदालतले फैसलामार्फत विफल बनाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक र संवैधानिक धक्का लागेको छ । सर्वोच्चको फैसलापछि ओली पक्षीय नेता कार्यकर्ताले भने अदालतप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गर्न थालेका छन् । विपक्षी गठबन्धनका दल र नेताहरूले ओलीले गलत कदम चाालेको र सर्वोच्चको फैसलासँगै सच्चिएको टिप्पणी गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चको फैसलाबाट संविधान र नागरिक अधिकारको रक्षा भएको टिप्पणी गर्नुभएको छ । सर्वोच्चको फैसला अनुसार अब काँग्रेस सभापति शेरबहादुर देउवा आज साँझसम्ममा प्रधानमन्त्रीमा नियुक्त हुनुहुनेछ । आगामी साउन ३ गते साँझ ५ बजेभित्रमै प्रतिनिधिसभा बैठक बस्नेछ । संविधानविद् डा. विपिन अधिकारीका अनुसार अदालतले नै प्रष्ट रुपमा नै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनेका कारण जाँदै गरेका प्रधानमन्त्री ओलीको भूमिका यो प्रक्रियामा कुनै पनि हुँदैन । तर संबिधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री बनिसकेपछि काँग्रेस सभापति देउवाले धारा ७६ को ४ अनुसार ३० दिन भित्रै संसदबाट विश्वासको मत लिइसक्नुपर्ने छ ।

  • फरक यौनिकता भएकाहरूमाथि हिंसा तर न्याय पाउन मुस्किल

    01/07/2021 Duración: 02min

    महिला र पुरुषभन्दा फरक पहिचान भएका व्यक्तिहरूमध्येका एक हुनुहुन्छ, बाँके नेपालगञ्जका पुष्पा चौधरी । उमेरले उहाँ ३५ वर्षको हुनुभयो । सानै उमेरमा आफूमा आएको परिवर्तनबारे उहाँलाई केही जानकारी थिएन । उहाँको बानी व्यवहारका कारण भने घरमा आमा बुबा, भाइबहिनी र अन्य साथीहरूले उहाँलाई सँधै हेप्ने, जिस्क्याउने गर्दा उहाँलाई नराम्रो लागे पनि उहाँले त्यसको प्रतिकार गर्न सक्नुभएन । किनभने उहाँलाई नै थाहा थिएन, किन यस्तो हुँदैछ आफूमा । अतित बनिसकेको यो घटना अहिले पनि पुष्पाको मानसपटलमा आइरहन्छ । छोरा भएर जन्मनुभएका पुष्पामा भएको परिवर्तनले उहाँलाई परिवारबाटै निकालियो । पछि बुझ्दै जाँदा उहाँमा महिलाको जस्तो परिवर्तन हुन थाल्यो । यी सब घटनाले उहाँलाई घरमै शारीरिक र मानसिक यातना दिन थालियो । २४ वर्षको उमेरमा उहाँलाई घरबाट निकालिदिएपछि उहाँ जिल्लाकै निल हिरा समाजमा जानुभयो । पुष्पामाथि भएको यो घटना सामान्य भएजस्तो देखिए पनि सामान्य भने होइन । तर, यौनिक अल्पसङ्ख्यकहरूका लागि यो घटना सामान्य बनेको छ । फरक लिङ्गमा परिवर्तन हुँदै गर्दा भोग्नु परेको पीडा रुपन्देहीका कृष्ण तामाङ्गको पनि छ । उहाँलाई आफ्नो विपरित लिङ्गप्रति कुनै आकर्षण

  • निर्माण क्षेत्रभित्रको टाँगिया बस्ती ४५ वर्षदेखि अँध्यारोमा

    27/06/2021 Duración: 03min

    काठमाडौँ । बाराको जितपुर सीमरा उपमहानगरपालिका १६ को टाँगिया बस्तीका तिलक मोक्तान निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि पूर्वसम्भाव्यता अध्ययन भएकै वर्ष अर्थात २०५१ सालमा जन्मिनुभयो । उहाँलाई १० वर्षको हुँदादेखि छिट्टै बिजुली बाल्न पाइन्छ भन्ने सुनेको याद छ । १७ वर्ष बित्यो, ५ किलोमिटर उत्तरमा पर्ने निजगढ बजारको झिलिमिली हेरेर चित्त बुझाउनु परेको छ । घरमा ४ वर्षअघि २० वाटको सोलार राखे पनि साँझको समयमा २ घण्टा २ वटा चिम बाल्न र मोबाइल चार्ज गर्न पनि पर्याप्त नभएको उहाँको भनाइ छ । ‘हिजो म सानो छँदा बाआमालाई सोध्ने गर्थेँ, बा हाम्रो गाउँमा लाइन बत्ति (विजुली) कहिले आउँछ भनेर । अनि बाले जवाफ दिनुहुन्थ्यो, बाबु आउँछ हाम्रो पनि पालो आउँछ ।’ मोक्तान सम्झनुहुन्छ, ‘अहिले म २७ वर्षको भएँ । मेरो एउटा छोरी र एउटा छोरा छन् । जसरी मैले बालाइृ सोधेको थिएँ, त्यसरी नै अहिले मलाई मेरी ४ वर्षको छोरीले सोध्छिन् बाबा हाम्रो गाउँघर बजार जस्तै झिलिमिली कहिले हुन्छ ? म छोरीलाई कुनै उत्तर दिन सकिरहेको छैन ।’ नेपाल विद्युत प्राधिकरणले ३ वर्षअघि यो क्षेत्रमा बिद्युत बिस्तारका लागि ९६ लाख ७ हजार रुपैयाँ लाग्ने अनुमान गरेको थियो

  • डिजिटल भुक्तानीको कारोबार दोब्बर भन्दा बढिले वृद्धि

    15/06/2021 Duración: 02min

    अघिल्लो वर्षको तुलनामा डिजिटल भुक्तानीको कारोबार दोब्बर भन्दा बढिले बढेको छ । तर सरकारी कार्यालयमा डिजिटल भुक्तानी सेवालाई कार्यान्वयनमा ल्याउन चुनौतिपूर्ण देखिएको छ । यस्तो हुनुको कारणबारे साथी सीता शर्माले राष्ट्र बैंकका भुक्तानी प्रणली विभागका निर्देशन निश्चल अधिकारीलाई सोध्नुभएको छ । 

  • डिजिटल भुक्तानीमा सेवाग्राहीको आकर्षण

    15/06/2021 Duración: 03min

    पछिल्लो समय नेपालमा पनि विद्युतीय (डिजिटल) कारोबारको लोकप्रियता बढेको देखिन्छ । अझै कोरोना महामारीका कारण सरकारले गरेको निषेधाज्ञाले पनि डिजिटल कारोबारको लोकप्रियता झनै बढेर गएको छ । आगामी वर्ष सरकारले प्राप्त गर्ने राजश्व बैँकिङ प्रणालीमा लैजाने र डिजिटल भुक्तानीको प्रयोगलाई सर्वसुलभ बनाउने बजेटमार्फत सरकारले घोषणा गरेको छ । तर पनि डिजिटल भुक्तानीमा आमनागरिक आकर्षित हुन सकिरहेका छैनन् । आर्थिक वर्षको अन्त्यसँगै विभिन्न कर असुली गर्ने सरकारी निकायमा नागरिकको भीड लाग्ने गर्छ । गतवर्षझैँ यसवर्ष पनि कोरोना सङ्क्रमणका कारण कर तिर्न सरकारी कार्यालय धाउने र लाइन बस्ने अवस्था छैन । यस्तोमा डिजिटल भुक्तानी प्रभावकारी हुने थियो । तर जिल्ला मालपोत कार्यालय प्युठानमा डिजिटल भुक्तानी प्रणाली बैशाखबाटै सुरु गर्ने भनिए पनि नजिकै बैँक नहुँदा सम्भव भएको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालय बागमती प्रदेशले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजश्व भुक्तानी नियमावली २०७८, बैशाख २३ गते राजपत्रमा प्रकाशित गरी जारी गरिसकेको छ । तर यातायात व्यवस्था कार्यालय हेटौँडाले यातायातका साधनको डिजिटल दर्ता नभएका कारण भदौ

  • निर्माण व्यवसायी अझैँ मिलेमतोकै पक्षमा, राज्यलाई घाटा

    09/06/2021 Duración: 04min

    पूर्वाधार विकास कार्यालय पाँचथरले चालु आर्थिक वर्षमा सडकको कालोपत्रे लगायत कामको लागि २ अर्ब ६६ कारोडभन्दा धेरै लागत अनुमानमा बोलपत्र खुलायो । तर, अन्तिम मितिमा एउटा मात्र बोलपत्र बाँकी राखी अन्य निर्माण व्यवसायीले फिर्ता लिए । लागत अनुमानकै हाराहारीमा नियमावली, नीति नियमभन्दा मिलेमतोमा ठेक्का सम्झौता भयो । उमेश जेठाराका अनुसार ठ्याक्कै त्यस्तै देखिन्छ बझाङमा पनि । बाटो, भवन, सिँचाइ, खानेपानीको निर्माणमा ओभरसियर, इन्जिनियर र प्राविधिकले पनि पैसालाई नै हेरेर काम गर्ने गरेको उहाँको आरोप छ । ‘यसरी विकासनिर्माणका काम हुँदा कामको गुणस्तर राम्रो नहुने चिन्ता यहाँका मानिसमा छ । जसरी पनि कम पैसामा धेरै काम गरेको देखाउनुपर्छ भन्ने मनस्थिति निर्माण जिल्लाका व्यवसायीमा देखिन्छ ।’ उमेशले भन्नुभयो । पूर्वाधार विकास कार्यालय गुल्मीले ५६ ठेक्काको ११ करोड ४३ लाख २४ हजारको शून्य दशम्लव ८९ प्रतिशत मात्रै घटीमा ठेक्का सम्झौता गर्दा कार्यालयलाई कुनै पनि फाइदा भएन । स्थानीय तह आएसँगै विकासनिर्माणका काम गाउँमा धेरै हुन थाले । फलस्वरुप जिल्लाहरूमा निर्माण व्यवसायीको सङ्ख्या बितेको चार वर्षमा ७ सय प्रतिशतसम्मले बढेको छ । हुम्लाका उद

  • जेठ २५ देखिको कोरोना खोप ग्रामीण क्षेत्रमा केन्द्रित हुने

    03/06/2021 Duración: 02min

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही जेठ २५ गतेबाट देशभरि कोरोनाविरुद्धको खोप अभियान चलाउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सरकारले गत माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । विभिन्न चरणमा गरेर सरकारले हालसम्म २८ लाख २७ हजारभन्दा बढीलाई खोप लगाइसकेपछि फेरि खोप अभियान चलाउन लागिएको हो । सिरहाका रामपुकार यादव ७१ वर्ष पुग्नुभयो, उहाँलाई कोरोनाविरुद्धको खोप लगाउने इच्छा छ । अघिल्लो पटक खोप अभियान बारे थाहै भएन । यसपाली पनि खोप कहाँ, कहिले र कसरी पाइन्छ भन्ने जानकारी आफूहरूलाई नदिइएको उहाँको भनाइ छ । सरकारले हालसम्म खोप अभियान अन्तर्गत कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सांसद, सरकारी तथा वित्तिय क्षेत्रका कर्मचारी अनि ५५ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइसकेको छ ।

  • गाउँ फर्केकाहरुबाट कोरोना सर्ने चिन्ता

    15/05/2021 Duración: 02min

    कोरोना महामारी तीव्र गतिमा फैलिएपछि नेपालको अधिकांश जिल्लामा निषेधाज्ञाको आदेश जारी गरिएको छ । सहरको कार्यस्थल धेरै व्यक्तिहरू गाउँघरमै फर्किएका छन् । तर उनीहरूले सावधानी नअपनाइँदिँदा गाउँमा पनि कोरोना सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङक्रमण भएका तर गाउँ फर्केकाहरू आइसोलेसनमा नबस्ने र सुरक्षाका मापदण्ड पालना नगरी जथाभावी डुल्दा स्थानीयबासी त्रसीत छन् । ताप्लेजुङको हिलिहाङ्ग गाउँपालिका १ का रमा वाग्ले आफू जतिसुकै बचेर बसे पनि स्थानीयबासीको चहलपहलका कारण चिन्तित हुनुहुन्छ । जाजरकोटको भेरी नगरपालिकामा २ सयभन्दा बढी सङक्रमित छन् ।

  • क्षतिपूर्तिपछि कर्णालीका स्याउ किसान बीमातर्फ आकर्षित

    01/05/2021 Duración: 03min

    मुगुको छायाँनाथरारा नगरपालिका १० भच्चलेकका कृष्णबहादुर सेजुवालले ६ सयभन्दा बढी स्याउका बोट लगाउनुभएको छ । ५ सय बोटले फल पनि दिइरहेका छन् । अघिल्लो वर्ष भने फूल लागेपछि असिनाले झारिदियो तर बीमा गरेका कारण उहाँले १ लाख ३५ हजार रुपैयाँ पाउनुभयो । अघिल्लो वर्ष फूल लागेपछि असिनाले झारिदिएका कारण प्रति बोट २ सय ७० रुपैयाँका दरले क्षतिपुर्ति पाएको उहाँको भनाइ छ । ‘मैंले १५ हजार वर्गमिटरमा स्याउका ६ सय बोट लगाएको भए पनि फल दिने ५ सय बोटको मात्रै बीमा गराएको थिएँ ।’ उहाँले भन्नुभयो, ‘असिनाले फल लाग्ने बेलामा झारेकोले हामी निराश थियौँ । शिखर इन्स्योरेन्सले फल बिक्रीगर्दा आउनेजति नभए पनि त्यत्ति बराबरको रकम क्षतिपूर्ति दिएपछि हामी नोक्सान हुनबाट बच्यौँ ।’

  • कौसी खेती प्रविधि सिकाउने ‘कृषि काका’

    27/04/2021 Duración: 03min

    गाउँमा घर वरिपरि करेसाबारी हुन्छ तर सहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउनै मुस्किल छ । पशुपालन र तरकारी खेतीको लागि गाउँ र ठूलो क्षेत्र चाहिन्छ भन्ने प्रायः धेरैको मान्यता भए पनि तरिका जानेमा घरको छत र कौसीमा नै तरकारी खेती र पशुपन्छी पालन गर्न सकिन्छ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ६ का रामजीप्रसाद ढकाल आफ्नै घरको कौसीलाई नै करेसाबारी बनाएर भान्साका लागि दैनिक चाहिने तरकारी उत्पादन गर्दै र अरुलाई सिकाउँदै आउनु भएको छ । ढकालको ढलान घरको कौसीमा सानो टनेल र प्लास्टिकका थैला (ग्रोब्याग) मा तरकारी लगाइएको छ । कौसीको एउटा कुनामा रहेको खोरमा बट्टाइ हुर्किरहेका छन् । बिहान उठ्नेबित्तिकै कौसीमा उक्लनुहुन्छ र तरकारी, फलफूल अनि बट्टाइको निरीक्षण गरेर आवश्यक काम गर्नुहुन्छ । ‘१२ बोट टमाटर लगाउँदा ३/४ महिनालाई टमाटर किन्न परेन । १२ बोट काउली (ब्रोकाउली) लगाएँ ।’ उहाँ भन्नुहुन्छ, ‘बेमौसमामा गाजर उत्पादन गरे खाएँ, धनियाँ उत्पादन गरेर खाएँ । हरियो प्याज मैँले बाह्रै महिना खाएँ यहाँबाट । हरियो लसुन खाइरहेको छु ।’

  • गरिबको 'नागरिक्ता' मा कर छलीको धन्दा

    25/03/2021 Duración: 03min

    त्रिभुवन राजपथ अन्तर्गत जीतपुरसिमरा ९ छातापिपराबाट झण्डै ३ किलोमिटर भित्रको एउटा विपन्न बस्ती । जहाँका नागरिक आफू बसेकै जमिनमा पनि आफ्नो अधिकार छैन । ग्रामीण सडक पेटीमा स-साना झुप्रा बनाएर घाम पानिको ओत लागिरहेका करिब ४० परिवारको यो गाउँ अहिले राज्यको नजरमा ‘करोडौँ कर छलेर फरार अभियुक्तहरूको बस्ती’ बनेको छ । गाउँमै दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका त्यही बस्तीका महन्थ महरा चमार, राम्रो रोजगारी पाउने आसमा चार वर्ष पहिले राजधानी काठमाण्डौँ पस्नुभयो । उहाँलाई गतिलो पारिश्रमिक दिने र काम लगाइदिने लोभमा अजय नाम गरेका एक व्यक्तिले काठमाण्डौँ पुर्‍याएका थिए, जसको पूरै ठेगाना महन्थ आफैँलाई थाहा छैन । ‘दिनको ६ सय रुपैयाँले कसरी परिवार पाल्ने भन्ने चिन्ताले खाइरहेका बेला रामो काम दिने भनेर ठूलै मान्छे आएको थियो ।’ उहाँ भन्नुहुन्छ, ‘काम चाहिएको थियो, अरु केही सोधिएन ।’ ‘सबै त काठमाण्डौँ कमाउन जाने भन्छन्, त्यहाँ त सबैलाई काम मिलिहाल्छ भन्ने लाग्यो तर..।’ महन्थले थप्नुभयो ।

  • निर्देशिकाको आडमा भ्रष्टाचार मौलाउँदै, कृषि मन्त्रालय कानुनीविहीन अवस्थामा

    17/03/2021 Duración: 03min

     चाँडै मस्यौदा तयार पार्ने मन्त्री अर्यालको प्रतिबद्धता

  • बिजुली बाल्ने योजना कार्यान्वयनमा समस्या

    22/02/2021 Duración: 03min

    रोल्पा र जाजरकोटमा जस्तै कालिकोटका कतिपय ठाउँमा पनि बिजुली छैन । कालीकोटको खाँडाचक्र गाँउपालिकामा पनि अझैँ विद्युत पुगेको छैन । बिजुली नहुँदा समस्या भएको स्थानीय यशोदा विश्वकर्माले बताउनुभयो । 

  • गाडी हाँक्दैमा छुट्यो 'कुबेर'को साङ्गीत यात्रा

    20/02/2021 Duración: 06min

    रथोर पैसाको जोहो गरेपछि फाट्टफुट्ट गीत पनि निकाल्नुहुन्थ्यो । दर्जनभन्दा बढी गीत गाए पनि कुबेरलाई कसैले चिनेन । उमेर ढल्किंदै जाँदा उहाँको सारथी बनेको छ, सामाजिक सञ्जाल र नारायण गोपालका गीतहरू । अचेल उहाँले नारायण गोपालका थुप्रै गीतहरूलाई आफ्नो स्वरमा गाउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा राखेको भिडियो लाखौँ दर्शकको माझमा पुगेको छ । दर्शकबाट तारिफ र ताली पाउन थालेपछि मुर्झाएको मनले फेरि पालुवा हालेको छ । अनि गीतसङ्गीतले केही दिन्छ कि भन्ने आशा जागेको छ । तर एउटै गुनासो छ सञ्चारमाध्यमसँग । भन्नुहुन्छ, ‘मिडियाले चलेका कलाकार मात्रै खोज्छ, हामीलाई वास्तै गर्दैन ।’ कुबेर नेपालीको उमेर ४८ औं वसन्तको नजिक पुगेको छ ।

  • सद्भाव र संस्कृति जगेर्नामा रेडियो प्रभावकारी

    13/02/2021 Duración: 03min

    कोरोना महामारीमा मात्रै होइन, बाढी, पहिरो, भूकम्प वा अन्य जुनसुकै विपदका समयमा पनि रेडियोहरुले सक्रियतापूर्वक सूचना प्रवाह गरेका छन् । सूचनाको सम्वाहक मात्रै हैन, कला, सस्कृति, भाषा, भूगोलका माध्यमबाट समुदायलाई जोड्ने काम पनि रेडियोहरुले गरिहरेका छन् ।

página 50 de 68