Sinopsis
Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.
Episodios
-
प्रमुख वा अध्यक्ष, उपाध्यक्ष वा उपप्रमुखको आदेशका भरमा चल्दै (अडियोसहित)
08/02/2021 Duración: 02minप्रमुख वा अध्यक्ष, उपाध्यक्ष वा उपप्रमुखको आदेशका भरमा चल्दै (अडियोसहित)
-
नीतिमा 'नदीमाथिको गरा हराभरा' वास्तमा सुख्खा
02/02/2021 Duración: 03minसरकारले आर्थिक वर्ष २०७४/७५ मा नीति तथा कार्यक्रममार्फत नै एउटा नारा सार्वजनिक गरेको थियो, ‘नदीमाथिको गरा हराभरा’ त्यस यताका दुईवटै आर्थिक वर्षमा सरकारको नीति तथा कार्यक्रम र बजेटमा यो नारा र विषय छुटेको छैन । आकर्षक सुनिले यो नारा कार्यान्वयन गर्न नसकेर करोडौँ रकम फ्रिज भएको छ ।
-
फोहोर ठानिएको पिसाबबाट मोहर कमाउने उपाय
30/01/2021 Duración: 04minगुरुङको घरमा ५ जना सदस्य छन् । ३ जना बालबालिका विद्यालय जान्छन् । हरेकको चिन्ता पिसाब लागि हाल्यो भने कतै खेर जाला कि भन्नेमै हुन्छ । गुरुङ परिवारले प्लास्टिकको ड्रममा दैनिक १० देखि १२ लिटर पिसाब सङ्कलन गर्छ । ‘पहिला त पिसाबलाई छि ! भनेर फोहोर भनेर मतलबै गर्दैनथ्यौँ । अहिले त्यही पिसाबलाई मैले आफूलाई भन्दा महत्ववमा लिन्छु ।’ उहाँले भन्नुभयो, ‘पिसाब भएपछि युरिया र विषादी प्रयोग गर्न परेन । एक लिटर पिसाबमा ३ देखि १० लिटर पानी मिसाएर प्रयोग गर्दा सिंचाईको पनि काम गर्ने रहेछ ।’
-
कृषि अनुदान कार्यान्वयनमा जनशक्ति बाधक
23/01/2021 Duración: 02minकृषि अनुदान कार्यान्वयनमा जनशक्ति बाधक
-
ट्राफिक चिन्ह मेटिँदा चालकलाई समस्या
23/01/2021 Duración: 01minडडेलधुरा। सुदूरपश्चिमका सडकमा कोरिएका ट्राफिक सङ्केत नदेखिँदा सवारीसाधन चलाउन समस्या हुने गरेको छ । राजमार्गमा राखिएका कतिपय ट्राफिक चिह्न जीर्ण बन्दै गएका छन् तर मर्मत नगरिएको गुनासो सवारीसाधन चालकहरूको छ । सुदूरपश्चिम प्रदेशमा ६ वटा राजमार्ग छन् । यी मध्येमा पनि पहाडी क्षेत्रमा रहेका राजमार्गमा कोरिएका चिन्ह तथा सङ्केत मधुरो हुँदा वा नदेखिँदा चालकलाई समस्या पर्ने गरेको छ । कतिपय ठाउँमा राखिएका ट्राफिक सङ्केत हराउने त, कतिपयस्थानमा फालिएका कारण समस्या हुने एकजना गाडी चालक, राम अवस्थिको भनाइ छ । बैतडी, बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला तथा डोटीका राजमार्गमा राखिएका ट्राफिक चिह्न वर्सेनि हराउने गरेका छन् । पहाडी राजमार्ग निकै साँघुरा भएका कारण सुरक्षित रुपमा आवतजावत गर्नका लागि ट्राफिक सङ्केत आवश्यक पर्ने अर्का गाडी चालक, सन्तोष भट्टले बताउनुभयो । सडक डिभिजन कार्यालयले ट्राफिक चिह्न मर्मत तथा जीर्णोद्वारका लागि पहल गर्नुपर्ने भए पनि यसका लागि बजेटको व्यवस्था नभएको भन्दै पन्छिने गरिएको छ । तर पनि जीर्ण अवस्थाका ट्राफिक चिह्नलाई तत्कालै मर्मत गरिने प्रतिबद्धता डिभिजन सडक कार्यालय दिपायल कुल्पातेका इन्जीनीएर योगे
-
'डमी' प्रहरीका कारण यात्रु सजग बन्दै
19/01/2021 Duración: 03minभक्तपुरका मदन अधिकारी दैनिक सूर्यबिनायक, कोटेश्वर हुँदै बानेश्वरमा रहेको आफ्नो कार्यालय आउनुहुन्छ । आउँदाजाँदा बानेश्वर चोकको ट्राफिक जाम र भीडभाड उहाँले दैनिक २ पटक छिचोल्नुपर्छ । सवारीसाधनको अस्तव्यस्तलाई व्यवस्थित बनाउन ट्राफिकलाई समेत मुस्किल परेको देख्ने उहाँले हिजोआज सवारी चालक र यात्रुहरू सर्तक भएको पाउनुभएको छ । उहाँ भन्नुहुन्छ ‘हतारमा कति पटक लेन मिचेर अघि वढ्न खोज्दा अगाडि उभिएको ट्राफिक हो भनेर सर्तक भएको छु । तर नजिक गएपछि मात्रै डमी रहेको चाल पाएको छु ।’ बानेश्वर चोकैमा रहेको ट्राफिकको डमी अर्थात ट्राफिक जस्तै देखिने आकृतिका कारण उहाँ आफै पनि सचेत हुनुभएको छ । ट्राफिक प्रहरीले सुरुवाता गरेको यो कार्य आफूलाई ज्यादै मन परेको अधिकारी बताउनुहुन्छ । सवारीसाधनको बाक्लो भीड हुने उपत्यकाका ५० स्थानमा यस्ता डमीहरू राखिएका छन् । यसले यात्रुहरूलाई सचेत बनाएको छ । काभ्रेका सन्तोष बराल पनि ट्राफिक डमीका कारण नियमविपरित हिँड्न खोज्दा धेरै पटक झस्किएको वताउनुहुन्छ । काठ्माडौँको सवै चोकमा राख्न सके यसको प्रभावकारीता अझ वढ्ने उहाको ठम्याइछ । डमी प्रहरी राखेपछि जथाभावी बाटो काट्ने, लेन मिच्ने, गलत तरिकाले ओभरटेक अ
-
कृषिको अनुदानमा हुनेखानेको रजाइँ (अडियोसहित)
18/01/2021 Duración: 03minकृषिको अनुदानमा हुनेखानेको रजाइँ (अडियोसहित)
-
विद्यार्थी र शिक्षकमा शैक्षिकसत्र बारेको अन्योल
12/01/2021 Duración: 02minगुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का कृतिका जीसी अर्जुन आवासीय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययन गर्नुहुन्छ । अघिल्लो वर्ष कक्षा ७ को दोस्रो परीक्षामा सहभागी हुनुभएका उहाँको यस वर्षको पढाइ सुरु भएको भर्खर ३ महिना भयो । पाठ्यक्रम नसकिएकोले अन्तिम परीक्षामा कसरी सहभागी हुने भन्ने अन्योल रहेको उहाँको भनाइ छ । ‘कुन तरिकाले पठनपाठन गर्ने, कसरी गर्ने भन्ने कुनै जानकारी छैन र तयारी पनि भएको छैन । परीक्षा कहिले हुन्छ ? भन्ने पनि थाहा छैन । शिक्षा मन्त्रालयले हाम्रो समस्या चाँडै समाधान गरोस् ।’ कृतिकाले भन्नुभयो । हिमाली जिल्लामा भने गएको फागुनबाट सुरु भएको शैक्षिकशत्र मंसिरमा सकिनुपथ्र्यो । तर अहिलेसम्म हिमाली जिल्लाका विद्यार्थी अन्तिम परीक्षा दिन पाएका छैनन् । जसका कारण विद्यार्थीमा अन्यौल देखिन्छ । कैलाश माध्यमिक विद्यालय सिँजा जुम्लामा कक्षा ९ मा अध्ययनरत जुनतारा रोकायाले गत साल आफूहरूको परीक्षा मंसिरमा हुने गरेको भए पनि यसपालीको परीक्षाको कुनै टुङ्गो नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाले परीक्षा नतोकिँदा हामी अलमा छौँ । कसरी के गरेर जाने भन्ने पनि अन्यौल नै छ ।’ शैक्षिक शत्र कसरी पूरा हुन्छ भन
-
नेपालका किसानलाई रोगको चिन्ता, विज्ञहरु भन्छन् 'प्राविधिकसँगको सल्लाहमा मात्रै अघि बढ्नु'
10/01/2021 Duración: 02minनेपालका किसानलाई रोगको चिन्ता, विज्ञहरु भन्छन् 'प्राविधिकसँगको सल्लाहमा मात्रै अघि बढ्नु'
-
गायक सुरज पण्डितको प्रेरणादायी सफलता
10/01/2021 Duración: 05minजुम्लाको मालाभिटमा जन्मनुभएका सुरज पण्डित स्थानीय रत्नचुँडेश्वर माविको वार्षिकोत्सवमा होस् वा बर्सेनि आयोजना हुने रनिङशिल्ड प्रतियोगितामा, ठाडी भाका, नारायण गोपालका गीत गाउन अघि सर्नुहुन्थ्यो । यो कक्षा ७ पढ्दै गर्दाको कुरा, यसैगरी ३ वर्ष बितेपछि २०६८ सालमा सार्वजनिक रुपमा गीत गाउने अवसर पाउनुभयो । सानै उमेरमा मीठो गीत गाउने भएपछि स्थानीय प्रशंसकहरू बढ्दै गए, उहाँमा भने गीत रेकर्ड गर्ने रहर । २०६९ सालमा ५० हजार लिएर काठमाडौँ छिरेकोमा ३५ हजार गीतमा सकियो । जुन गीत ‘माया गर्ने जीवनसाथी’ बोलको थियो । त्यसको एक वर्षपछि फेरि काठमाडौँ आउँदा अघिल्लो पटककोभन्दा १० हजार बढी अर्थात ६० हजार रुपैयाँले ५ महिना मात्रै बस्न मिल्यो । उपलब्धिको रूपमा ‘जोडेउ नाता सिन्दुरको’ बोलको गीत रेकर्ड गरियो, रोशन बुर्थापाको सङ्गीत र सुरजको शब्द अनि स्वरमा । २०७१ सालमा ‘बसेर पिपल चौतारी’, बोलको गीतमा स्वर दिनुभयो भने सुरजले आफ्नै शब्द, सङ्गीत र स्वरमा रेकर्ड गरेको ‘ए मेरी टुल्की’ बोलको गीत एउटा चलचित्रका लागि ९० हजारमा बिक्री भयो । आर्थिक अभावलगायत कारणले कक्षा १२ भन्दा माथि पढ्न नपाए पनि उहाँले पटकपटक गरी करिब १ वर्ष सङ्गीतको कक्षा लिनुभ
-
पाल्पाको तानसेन नगरपालिकामा पहिलोपटक कार्यसम्पादन सम्झौता
15/12/2020 Duración: 03minनगरपालिकाको सबै शाखाका प्रमूखहरुबाट आफूले एक वर्षमा गर्ने कामको प्रतिबद्धता मागेर कार्यपालिकाबाट स्वीकृत गराइएका कामहरू कार्य सम्पादन सम्झौतामा राखिएको छ ।भर्खरै अभ्यास थालिएको सम्झौताले आफ्नो जिम्मेवारी बहन गर्न ठूलो मद्दत पुग्ने कर्मचारीहरुको बुझाइ छ ।
-
बनेका कानुन तल्लो तहसम्म पु¥याउन जरुरी छ :
10/12/2020 Duración: 14minखासगरी यो समितिको कार्यक्षेत्र दुईवटा छ । एउटा, यो समितिमा प्रक्रियागत ढंगले प्राप्त भएका विधेययकहरूको हामी व्यवस्थापन गछौं । अर्को, हाम्रो मूलुकमा प्रचलित अवस्थामा रहेका ऐनहरूको हामी अध्ययन गछौं र तिनको मापन गर्ने हाम्रो कार्यक्षेत्र रहेको छ ।
-
कोभिडपछि हाम्रो समितिले अझै धेरै काम गर्नुप¥यो :
10/12/2020 Duración: 06minजब चिनको वुहानमा कोरोना संक्रमण सुरु भएको कुरा आयो, त्यसलगत्तै नेपाली विद्यार्थीहरूलाई नेपाल ल्याउने सन्दर्भमा कुरा उठिसकेपछि हाम्रो समितिले स्वास्थ्य मन्त्रीलाई आमन्त्रण गरेर नेपाली विद्यार्थीहरूलाई तत्काल उद्धार गर्ने र कोभिडको सम्भावित जोखिमलाई आँकलन गरेर आवश्यक कामहरू गर्ने भनेर निर्देशन ग¥यौं ।
-
नागरिकको कुरा नै हामीले ल्याउने हो :
10/12/2020 Duración: 10minसमिति गठन भएपश्चात हालसम्म एकसय ८५ वटा बैठक बसेको छ । हाम्रो समितिले १० वटा विधेययकमाथि समितिमा सैद्धान्तिक र दफावार छलफल गरी सदनमा प्रतिवेदन पेश गरिसकेको छ ।
-
तीन वर्षमा संसदले निकै महत्वपूर्ण काम गरेको छ :
10/12/2020 Duración: 13minसंसदको तीनवर्षतर्फ फर्केर हेर्दा यो अवधिमा संसदले धेरै महत्वपूर्ण कामहरू गरेको छ । नेपाली समाजमा पहिलोपटक खाद्यान्नको अधिकार, आधारभूत स्वास्थ्य सेवाको अधिकार, शिक्षाको अधिकार, रोजगारीको अधिकारजस्ता १६ वटा मौलिक हकहरू जो विगतमा यस्ता मौलिक हकहरू कार्यान्वयन गर्नको लागि हामीसँग कानुन थिएन । र, दक्षिण एशियामै पनि धेरै देशहरूमा यसप्रकारका कानुनहरू छैन ।
-
संसदीय समितिले बोलाउँदा नआउने मन्त्री पनि छन् :
10/12/2020 Duración: 17min२०७५ साल भाद्र महिनाबाट मात्रै काम सुरु भयो । विषय पनि नयाँ । हामी संघीयतामा आएको । नयाँ संविधानको अभ्यास गर्नुपर्ने । नयाँ कानुनको अभ्यास गर्नुपर्ने भएको हुनाले पनि अप्ठ्यारो भयो । यो समितिले कामचाहिँ फेरि तीन थरी गर्नुपर्ने । मैले हेर्दा त्यो काम निकै ठूलो ठूलो काम हो ।
-
‘संसदीय समितिको कामलाई अझै प्रभावकारी बनाउन आवश्यक छ’
10/12/2020 Duración: 03minसरकार र समितिको नेतृत्व गर्ने मानिस एउटै दलको हुँदा भनेजसरी काम हुन नसकेको हो ? भन्ने प्रश्नमा समितिका सभापति पवित्रा निरौला खरेलले भन्नुभयो, ‘मलाई त्यस्तो लाग्दैन । मेरो समितिले अहिलेसम्म काम गरेको सन्दर्भमा सरकारको नेतृत्व र समितिको नेतृत्व एउटै पार्टीको भएको कारणले गर्दा त्यसलाई प्रभाव पारेको म भन्दिनँ ।’
-
विकासको काममा अनुगमन फितलो भएको गुनासो
04/12/2020 Duración: 02minकतिपय ठाउँमा विकास निर्माणका काम गुणस्तरीय नभएको तथा अनुगमनको काम पनि प्रभावकारी रुपमा हुन नसक्दा आफूहरुले तिरेको करको सही उपयोग हुन नसकेको दुखेसो नागरिकले गरिरहेका छन् ।
-
ज्यालामा विभेद भोग्दै श्रमिक महिला
24/11/2020 Duración: 03minएउटै काममा समान ज्याला नपाउँदा कमला, कृष्णा जस्ता सयौं महिला दुःखी छन् । थाहा पाएर पनि काम गर्नु उनीहरूको बाध्यता हो । असमान ज्याला मजदुरको नियति बनेको छ ।
-
एक महिनाभित्रै संसद बैठक बस्नुपर्ने बाध्यता
24/11/2020 Duración: 03minपदाधिकारीको बैठबबाट रणानीति बनाएर अघि बढ्छौँः नेपाली काँग्रेस