Cin News

  • Autor: Vários
  • Narrador: Vários
  • Editor: Podcast
  • Duración: 496:45:24
  • Mas informaciones

Informações:

Sinopsis

Largest Radio Network of South Asia. Community Information Network (CIN). Association of Community Radio Broadcasters Nepal(ACORAB) was established in 2002 as an autonomous and politically non-partisan organization. CORAB established (CIN) connecting community radios of Nepal into a single satellite network on 29 May 2009. CIN allows stations to receive news and information from the association's studios as well as to share information among stations.

Episodios

  • प्रदेश २ मा ऐन् विपरित करार कर्मचारी नियुक्त

    21/02/2020 Duración: 03min

    प्रदेश २ मा ऐन् विपरित करार कर्मचारी नियुक्त

  • शिक्षा आर्जन गर्ने थलो बन्दै कारागार

    20/02/2020 Duración: 02min

    कैदी बन्दी मध्येकाले अरूलाई सिकाउँछन् । पढ्दै र पढाउँदै गरेका सबै सजाय काट्न आएका कैदी बन्दी हुन् । विभिन्न समस्याले पढ्न नपाएका र पढ्दापढ्दै बिचमै छाडेकालाई कारागारमा पढ्ने व्यवस्था गरिएको हो । 

  • साहसिक पर्यटनमा अघि बढ्दै पर्वत

    20/02/2020 Duración: 02min

    कालीगण्डकी नदीमाथी पर्वतमा बन्जीजम्पका लागि पुल बनाएर सफल परीक्षण गरिएको छ । सिन्धुपाल्चोकका राजु कार्की र पर्वतका युवा व्यवसायी समेतगरी ११ जनाको लगानीमा विश्वकै नमुना दाबी गरिएको बन्जी सञ्चालनको तयारीमा छ । 

  • कोरोना भाइरस र संक्रमणबारे सचेत बन्दै नेपाली

    20/02/2020 Duración: 02min

    मौसम परिवर्तनसँगै देखिने फ्लूको लक्षणजस्तै कोरोनाको पनि रुघाखोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखिन्छ । तर लक्षण मिल्दोजुल्दो भयो भनेर डराउने भन्दा पनि त्यसको वास्तविकतामा ध्यान दिनुपर्ने डा.शेर बहादुर पुनको सुझाव छ ।

  • कोरोनाबारे सचेतनाका लागि सीडीओ देखी मन्त्रीसम्म घरदैलोमा

    19/02/2020 Duración: 03min

    हिजो खरिपाटी पुग्दा नेपाल विद्युत प्राधिकरण तालिमकेन्द्रको मुल गेटमा काभ्रेका महेश्वर बस्नेत र धनकुमारी बस्नेत, हातमा ब्ल्याङ्केट बोकेर उभिइरहनुभएको थियो । छोरी रीना बस्नेत क्वारेन्टाईनमा हुनुहुन्छ । छोरीसँग एकछिन फोनमा कुरा गरेपछि बस्नेत दम्पतिले, मुल गेटमा रहेका सुरक्षाकर्मीलाई ब्ल्याङ्केट जिम्मा लगाउनुभयो । छोरीसँग प्रत्यक्ष भेट नभएपनि फोन तथा भिडियो कलबाट कुराकानी भइरहेको छ । सरकारले सकुशल नेपाल फर्काएकोमा आमा धनकुमारी औधी खुशी हुनुहुन्छ ।

  • नेकपाको घोषणापत्रः बुँदा आकर्षक, कार्यान्वयन भने निरासाजनक

    18/02/2020 Duración: 03min

    एक वर्षभित्रै तुइनलाई झोलुङ्गे पुलले विस्थापित गरिने र आगामी ३ वर्षमा उपत्यकामा विद्युतीय सवारीसाधन मात्रै उपयोग गर्ने भनिएको थियो तर दुवै कामले गति लिएका छैनन् । सरकार बनेको २ वर्षमा भैरहवा र तीन वर्षमा पोखरा विमानस्थलको काम सक्ने घोषणापत्रमा लेखिएकोमा दुवै विमानस्थल निर्माणाधीन छन् । 

  • विदेशमा सिकेको सीपले आम्दानीलाई सघायो

    17/02/2020 Duración: 02min

    स्थानीय सरकारले गाउँमै रोजगारी सिर्जना गरि विदेश जाने क्रम रोक्ने प्रयास गरिरहेका छन् । प्रदेश सरकार मातहत रहेको कृषि ज्ञान केन्द्र मार्फत कृषिमा लाग्ने युवाले अनुदान, सस्तो दरमा ऋण, बजारीकरणमा सहयोग पाउने गरेका छन् । जैमिनी नगरपालिका ८ छिस्तीका केदार शर्मा कृषिबाटै नेपालको समृद्धि सम्भव रहेको बताउनुहुन्छ । गाउँमै उद्यम गरिरहेका युवालाई स्थानीय र प्रदेश सरकारको बलियो साथ आवश्यक छ ।

  • स्थानीय सरकारको सहयोगमा गाउँमा पुग्यो खानेपानी

    16/02/2020 Duración: 01min

    भौगोलिक विकटताका कारण माथिल्लो मुलकोटका स्थानीयलाई पानीको साह्रै दुःख थियो । अहिले गाउँमै खानेपानी पुगेपछि नागरिक दङ्ग छन् । स्थानीय दोलखबहादुर पुन अब डोकामा बोकेर पानी ओसार्नुपर्ने बाध्यता हटेको बताउनुहुन्छ । 

  • थुम्पाखरमा कालिज पालन

    15/02/2020 Duración: 02min

    प्रतिगोटा तीन हजारसम्म विक्री हुने कालिजको मासु स्वादिलो हुने भएकाले यसको माग बढ्दै गएको छ । व्यवसाय सुरु गर्दा लगानी बढि परेजस्तो लागेपनि विक्री हुन थालेपछि दुई वर्षभन्दा कम समयमै लगानी उठ्ने र त्यसपछि व्यवसायमा नाफा हुन थाल्ने समुहका अर्का सदस्य मधुसुदन कार्कीको विश्वास छ ।

  • प्रणय दिवस र प्रेमिल गीतहरू

    14/02/2020 Duración: 05min

    माया प्रेम भन्दा पर रहेर समाजको कल्पना गर्न सकिंदैन । समाजका गतिविधी र दिनचर्यालाई शब्द, संगीत र स्वरमा उतार्नेहरू माया प्रेमबाट पर रहने कुरै भएन । स्वभाविक रुपमा स्रोताको रोजाईमा पनि प्रेमिल गीतहरू नै बढि हुन्छन् ।

  • अछामका युवा व्यवसायिक कृषि र पशुपालनमा

    09/02/2020 Duración: 02min

    बयकले भन्नुभयो, ‘बाख्रा पालन व्इवसाय छ । आधुनिक खोर बनाइरहेको छु । पहिला मसँग १० वटा मात्रै बाख्रा थियो, अहिले २०/२५ वटा छ । खसी÷बोका बेचेको पैसाले पढ्नेलेख्ने, खाने कुराहरूमा सहयोग पुगिराखेको छ । ’

  • बाराका सामुदायिक विद्यालयमा ‘जंक फुड’ प्रतिबन्ध

    09/02/2020 Duración: 02min

    सात वटा माध्यमिक र २० वटा आधारभूत गरी २७ वटा सामुदायीक विद्यालय निजगढ नगरपालिकाभित्र छन् । नगरकै आन्तरिक श्रोतबाट व्यवस्थापन गर्ने गरी पहिलो चरणमा तीन वटा माध्यामिक विद्यालयमा अनमी खटाइएको छ । 

  • खुल्ला सरकारको आवश्यकता

    08/02/2020 Duración: 02min

    नजिकको सरकारले कुन कुरालाई प्राथमिकता दिएर कसरी काम गरिरहेको छ धेरै नागरिकलाई थाहा छैन । निर्माणाधिन योजना र यसको उपलब्धिमा स्थानीय सरकार पारदर्शी नभएको नागरिकको गुनासो छ । तर, नागरिक पनि सोध्न जाँदैनन् । जसका कारण स्थानीय तहको रकम अपचलन भइरहेको अख्तियारको दावी छ । 

  • ठेकेदार जनप्रतिनिधि

    06/02/2020 Duración: 04min

    कर्णाली प्रदेशका अधिकांश जनप्रतिनिधिको आफ्नै डोजर छ भने बागमति प्रदेशका झन्डै ७० प्रतिशत जनप्रतिनिधि डोजर मालिक बनेका मुख्यमन्त्री डोरमणि पौडेलले नुवाकोट पुगेर बताउनु भएको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा विकास निर्माणको काममा आफैं सहभागी हुन नपाउने, ठेक्का पट्टाको काममा पनि सहभागी हुन नपाउने व्यवस्था छ । तर, गाउँपालिका अध्यक्षदेखि वडाअध्यक्षसम्मले डोजर किनेर पालिकाको विकासमा खटाउने गरेका छन् ।

  • कोरोना भाइरसको प्रभावले पोखरामा पर्यटक घटे

    06/02/2020 Duración: 02min

    प्याराग्लाइडिङ उडान चीनमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको नेपाल हवाई खेलकूद संस्था (ना) का अध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो, ‘यो कोरोना भाइरसको प्रभाव प्याराग्लाइडिङमा एकदमै धेरै परेको छ । पहिलो प्रभाव यसमै परेको छ भन्दापनि हुन्छ । किनकी चाइनिज पर्यकट नेपाल आएपछि उनीहरूको पहिलो रोजाइ विषय नै प्याराग्लाइडिङ थियो ।’

  • पढाइ–लेखाइसँगै व्यवसायीक खेती गर्दै सामुदायिक विद्यालय

    05/02/2020 Duración: 01min

    विद्यालयको नजिकै ४० रोपनी जमिन भाडामा लिएर तरकारी तथा अन्य अन्नबाली लगाएको विद्यालय व्यवस्थापन समितिका सदस्य कल्पना माझीले बताउनुभयो । मुस्किलले चलिरहेको विद्यालयको आम्दानी बढेपछि विद्यार्थीलाई खाजा र आवासको सुविधा समेत दिइएको छ ।

  • आमा र बच्चाको पोषणका लागि उपमेयर कोशेली कार्यक्रम

    05/02/2020 Duración: 01min

    उपमेयर कोशेली कार्यक्रमले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या समेत बढेको छ । स्वर्गद्वारी, बर्जिवाङ्ग, सारी लगायतका ७ स्वास्थ्य संस्थामा उपमेयर कोशेली कार्यक्रम लागू भएको छ । जसका लागि नगरपालिकाबाट यसवर्ष २० लाख बजेट विनियोजन गरिएको छ ।

  • कोरोना भाइरसको प्रभावले पोखरामा पर्यटक घटे

    05/02/2020 Duración: 02min

    चीनको हुवेई प्रान्तमा फैलिएको कोरोना भाईरसको प्रभावले पर्यटकीय मौसममा पनि पोखराको पर्यटकीय क्षेत्र लेकसाइड सुनसान छ । खासगरी चिनियाँ पर्यटकहरूले भरिभराउ हुनुपर्ने होटल रित्तै भएको यूवा व्यवसायी वैभव पौडेल बताउनुहुन्छ । 

  • उपाध्यक्षको डोजरले खन्यो मार्सी फल्ने खेत

    04/02/2020 Duración: 01min

    उपाध्यक्षको डोजरले खन्यो मार्सी फल्ने खेत

  • नदीजन्य पदार्थमा राजनीति

    03/02/2020 Duración: 02min

    तामाङले भन्नुभयो, ‘कुनैपनि क्रसर उद्योग मापदण्डभित्र छैन । भनौं न, बाटोको मापदण्ड कसैले पूरा गरेको होला तर, खोलाको दूरीबाट त्यो मापदण्ड पूरा हुँदैन । कसैले खोलाको दूरी र बाटोको दूरी पूरा गरेको होला तर यता जङ्गलको दूरीबाट मापदण्ड पूरा भएको हुँदैन ।’

página 56 de 68